सुन्दरता र यौवनले आफुलाई विश्वभर चिनाउने महिलाहरु यस्ता छन्



सौन्दर्य र महिला एक–अर्काका पूरक हुन् । महिलाहरूको सौन्दर्यसम्बन्धी पूर्वीय तथा पाश्चात्य मान्यतामा केही भिन्नता छ । तैपनि आफ्नो रूप र यौवनले पुरुषहरूलाई आकर्षित गर्ने क्षमता भएका महिलाहरू नै सबैको नजरमा पर्छन् । यसै सन्दर्भमा अमेरिकालगायत थुप्रै देशबाट प्रकाशित हुने पत्रिका एफएचएमले सन् २०१८ का १० उत्कृष्ट कामुक महिलाको सूची जारी गरेको छ ।

 

1. टुलिसा कोन्टोस्टाभ्लोस

कामुक महिलाहरूको यो सूचीमा पहिलोपटक सोझै पहिलो स्थानमा देखिएकी टुलिसा कोन्टोस्टाभ्लोस बेलायती मुलकी गायिका तथा गीतकार हुन् । उनी टेलिभिजन सिरियलहरूमा अभिनय समेत गर्छिन् । सन् १९८८ मा जन्मिएकी टुलिसा डेभिड किंगसँग लिभ इन रिलेसनमा छिन् ।

2.चेरी कोल

यो सूचीको दोस्रो स्थानमा सन् १९८३ मा जन्मिएकी चेरी कोल छिन् । उनी गायिका, गीतकार तथा टेलिभिजन अभिनेत्री हुन् । विगत २ वर्षयता यो सूचीबाट हराएकी चेरी कोल यो वर्ष फेरि फर्किएकी हुन् । जिन बर्नान्ड फर्नान्डेजसँग २ वर्ष (सन् २०१४–१६) तथा फुटबल खेलाडी एस्ले कोलसँग ४ वर्ष (सन् २००६–१०) लिभ इन रिलेसनमा रहिसकेकी कोलका १ छोरा छन् ।

3. रिहान्ना

कामुक महिलाहरूको यो सूचीको तेस्रो स्थानमा पपगायिका रोबिन रिहान्ना छिन् । उनी पनि यो सूचीमा १ वर्षपछि फर्किएकी हुन् । सन् १९८८ मा बार्बाडोजमा जन्मिएकी रिहान्ना चलचित्र तथा टेलिभिजन शोहरूमा समेत अभिनय गर्छिन् । अमेरिकी संगीत व्यावसायी इभान रोजरसँग पारपाचुके गरेकी रिहान्ना अहिले सिंगल छिन् ।

4. रोजी जोन्स

सन् १९९० मा बेलायतमा जन्मिएकी रोजी जोन्स ग्लामरस मोडल हुन् । कामुक महिलाहरूको यो सूचीमा पहिलोपटक चौथो स्थानमा देखा परेकी रोजी जोन्स विशेषगरी पुरुषहरूसँग सम्बन्धित लाइफस्टाइल म्यागजिनहरूमा प्रकाशित हुने आफ्ना तस्बिरका कारण चर्चित छिन् ।

5. जर्जिया साल्पा

सन् १९८५ मा ग्रीसमा जन्मिएकी आइरिस मूलकी जर्जिया साल्पा पनि ग्लामरस मोडल हुन् । कामुक महिलाहरूको यो सूचीमा पहिलो पटक पा“चौं स्थानमा देखा परेकी जर्जिया साल्पा जो पेन्नासँग विवाहित छिन् ।

6. केटी पेरी

खास नाम क्याथरिन एलिजाबेथ भए पनि प्रोफेसनल संसारमा केटी पेरीका नामले चर्चित यी अमेरिकी गायिका कामुक महिलाहरूको यो सूचीमा एकपटक फेरि फर्किएकी हुन् । यो सूचीको छैटौं नम्बरमा रहेकी केटी पेरीको जन्म सन् १९८४ मा भएको थियो । उनी रसेल ब्रान्ड (सन् २०१०–१२) सँग विवाहित भए पनि हाल सिंगल छिन् ।

7. मेगन फक्स

हलिउड अभिनेत्री मेगन फक्स यो सूचीको सातौं स्थानमा छिन् । सन् १९८६ मे १६ मा जन्मिएकी फक्स ब्रायन अस्टिन ग्रिनसँग विवाहित छिन् । ३ सन्तानकी आमा फक्सले चलचित्रको तुलनामा टेलिभिजन शोमार्फत बढी लोकप्रियता आर्जन गरेकी छिन् ।

8.  केली हेजल

सन् १९८६ मा जन्मिएकी ग्ल्यामर मोडल केली हेजल कामुक महिलाहरूको यो सूचीको आठौं स्थानमा छिन् । खासगरी पेज थ्री इभेन्टहरूमा लोकप्रिय हेजल अहिलेसम्म अविवाहित नै छिन् ।

9.मिला कुनिस

सर्वाधिक कामुक महिलाको नवौं स्थानमा हलिउड अभिनेत्री मिलेना मार्कोभ्ना मिला कुनिस छिन् । उनी यो सूचीमा २ वर्षपछि फर्किएकी हुन् । सन् १९८३ अगस्त १४ मा जन्मिएकी कुनिस हलिउड अभिनेता एस्टोन कुचरसँग विवाहित छिन् । उनका २ छोरा छन् ।

10. एमिली अटाक

कामुक महिलाहरूको यो सूचीको दसौं स्थानमा हालसम्म अविवाहित हलिउड अभिनेत्री एमिली जेन अटाक छिन् । सन् १९९९ मा जन्मिएकी एमिली अटाक टेलिभिजन सिरियलहरूमा आफ्नो अभिनयका कारण चर्चामा आइरहन्छिन् । उनकी दिदी मार्था अटाक तथा दाजु जर्ज अटाकसमेत अभिनय पेसामै छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्