कसिलो ब्रा लगाउँदा देखिन सक्छन् यस्ता समस्या



प्रायःजसो महिलाहरु कसिलो ब्रा लगाउन रुचाउँछन् । कसिलो ब्रा लगाउँदा स्तन कसिलोे र आकर्षक देखिने भएकाले महिलाहरुले यस्तो प्रकारको ब्रा लगाउँछन् ।

तर कतिपय अवस्थामा महिलाले साइजलाई वास्ता नगरिकन ब्रा लगाउँदा शरीरलाई धेरै असर गरिरहेको हुन्छ । कसिलो ब्राका कारणले गम्भीर किसिमको गर्दन तथा ढाड दुख्ने समस्या सृजना हुन सक्छ ।

यी हुन् कसिलो ब्रा लगाउँदा देखिन सक्ने समस्याः

१. लामो समयसम्म कसिएको ब्रा लगाउँदा काधमा दाद जस्तो गहिरो दाग बन्न सक्छ । जसले गर्दा चिलाउने र पोल्ने हुन्छ । लामो समयसम्म लगाउँदा काँधमा निलो डाम बस्ने र त्यसबाट दादको संक्रमण हुन सक्छ ।

२. नमिलेको ब्रा लगाउँदा स्तनलाई सहयोग गर्नको सट्टा गर्दनमा दुखाइ बढ्न जान्छ र ढाडमा बढी दबाब पर्छ । यसले टाउको र गर्दनमा जाने रगतलाई रोकिदिन्छ । त्यसरी रोकेपछि टाउको दुख्ने समस्या आउँछ ।

३. कहिलेकाहीँ नमिलेको ब्रा र अन्डरवेयर लगाउँदा टाउको, छाती, ढाडको हड्डीमा पनि असर पर्छ । हड्डीमा असर गर्दा कहिलेकाहीँ श्वासप्रश्वासमा पनि समस्या हुने गरेको पाइन्छ ।

४. ब्राले महिलाको स्तनलाई छातीमै रहन सहयोग गर्छ । तर, धेरै कसिएको ब्रा लगाउँदा यसले छातीमा सहज तरिकाले रगत सञ्चालन हुन दिँदैन । यसले टाउकोसँग सम्बन्धित गम्भीर रोग पनि लाग्न सक्छ ।

५. गलत साइजको ब्रा लगाउँदा पेटलाई पनि खराब गर्छ । कसेर लगाइने ब्राले डायफ्रममा दबाब पर्छ र पाचन प्रणाली सहज नहुँदा पेटमा असर गर्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्