ललितपुरमा आज प्रहरी इन्काउन्टरमा मारिएका प्रवीण खत्री को हुन् ?



सैघाली खबर
काठमाडौं, २३ साउन
ललितपुर अरुणिमा बस्ती वडानम्बर १३ कुसुन्तीमा आज एक युवकको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । ति युवक हुन् ३२ वर्षीय प्रवीण खत्री । उनि ललितपुर क्षेत्रमा लागु औषध कारोबारी गर्ने गुण्डा हुन् । सुरुमा उनि आफै कुलतमा लागेर अहिले भने लागुऔषधको कारोबारी गर्ने मुख्य गुण्डा बनेका थिए ।

उनिसंग लागु औषध र हातहतियार भएको सुराकीको आधारमा महानगरिय प्रहरी अपराध महाशाखा टेकुको टोली उनको घर छापा मार्न पुगेका थिए । जब प्रहरीले ढोका ढकढकाए उनि आफ्नो श्रीमतीसंग भित्रै थिए तर उनले ढोका खोलेनन् । प्रहरीले चारै तिर घरलाई घेरा लगायो तव उनि आफ्नो साढे दुइ तल्ले घर छतबाट पछाडी पट्टि खुल्ला ठाउमा हाम फाले ।

त्यहाबाट उनले प्रहरीलाई गोलि हाने तव प्रहरीले जवाफी फायर गर्यो । प्रहरीको एउटा गोली कन्चटमा लाग्यो भने अर्को मिस फायर भयो र उनि त्यहि ढले – महानगरीय प्रहरी परिसर ललितपुरका एसपी ईश्वर कार्कीले भने

 

खत्रीको दुवै हातमा पेस्तोल थियो एउटा लोडेड गोली भने चाइनिज पेस्तोलमा रहेको भेटियो । प्रहरी समक्ष आत्मसमर्पण गर्नको सट्टा खत्रीले गोलि हान्दै भाग्न खोज्दा प्रहरीले आत्मरक्षाको लागी गोलि चलाउन बाध्य भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

आफ्नो घरको छतबाट पद्मा कोलनी पट्टि खाली जमिनमा हाम फालेका उनि त्यहि निर प्रहरीको गोलि लागेर ढले । तत्काल प्रहरीले आफ्नै गाडीमा पाटन अस्पताल पुराए पनि उनलाई डाक्टरहरुले मृत घोषित गरेका थिए ।

यो भन्दा अगाडी पनि खत्रीको घरमा प्रहरीले छापा मार्न आउदा आफ्नै नावालक बच्चाको ज्यान लिन्छु भने पछी छाडेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्