नेपाली फिल्ममा काम गर्ने कुरा हल्ला मात्रः अदिती बुढाथोकी



केही समयअघि अनमोलको चलचित्र ‘कृ’ बाट चलचित्र उद्योगमा भित्रिएकी अभिनेत्री अदिती बुढाथोकीले ‘हेल्लो जिन्दगी’ मा काम गर्ने कुरा पक्का भएको खबर बाहिरिएको थियो ।

तर अन्ततः अभिनेत्री बुढाथोले त्यो चलचित्रमा काम गर्न लागेको कुरा हल्ला मात्र भएको बताएकी छिन् । ‘कसरी त्यस्तो हल्ला चल्यो, मलाई पनि थाहा भएन । अहिले नै मैले कुनै पनि नेपाली चलचित्रमा काम गर्न लागेकी छैन’, उनले भनिन् ।

चलचित्रको निर्देशन एभरेष्ट सूर्य बोहराले गर्ने बताइएको थियो । उनले निर्देशक बोहरासँग भेट भएको कुरालाई भने स्वीकार गरेकी छन् । भेट भएको भए पनि चलचित्रको विषयमा कुनै पनि कुरा नभएको उनले बताएकी छिन् ।

उनले हाल नेपाली चलचित्रमा काम गर्न लागेको कुरालाई अस्वीकार गर्दै बलिउडका चर्चित अभिनेता फरहान अख्तरले बनाउन लागेको वेब सिरिज ‘इनसाइड एज २’ मा काम गर्न लागेको बताएकी छन् । यो वेब सिरिजको छायांकन सुरु भैसकेको बताइएको छ ।

यो वेब सिरिजमा अभिनेता विवेक ओवरायले काम गर्दैछन् । अदिती यो वेबमा मोडलको भूमिकामा प्रस्तुत हुन लागेको बताइएको छ । यो सिरिजमा क्रिकेट र मोडलिङको दुनियाँलाई देखाइने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्