अचम्मका कुरा

महिलाले ट्वाइलेटमा गरिन् यस्तो काम, पूरै टोलका मानिस घर छाडेर भागाभाग

By थाहा अनलाइन

January 03, 2019

लण्डन। इङल्याण्डमा एक महिलाले ट्वाइलेटमा गरेको गलत कामका कारण पूरै टोलका मानिसहरुघर छाडेर भाग्नुपरेको छ । ती महिलाले ट्वाइलेट सफा गर्ने प्रयास गरेकी थिइन् तर यही कारण टोलमा हंगामा मच्चियो । ती महिलाले ट्वाइलेट सफा गर्नको लागि घरेलु केमिकलको प्रयोग गरेकी थिइन् तर ती केमिकलको मिश्रणले युद्धमा प्रयोग गरिने विषालु ग्यास उत्पादन भयो । यद्यपि सही समयमा यसबारे थाहा हुँदा महिला र उनका बच्चाको ज्यान बचेको छ ।

इङल्याण्डको समरसेट नेल्सिया शहरकी डोमिनिक हिथ नामकी महिलाका बच्चाहरुले ट्वाइलेट जाम गराएका थिए । उनले हालै जाम भएको ट्वाइलेटको जाम खुलाउने कोसिस गरिरहेकी थिइन् ।

उनलाई लाग्यो कि धेरै ट्वाइलेट पेपर प्रयोग गरेको वा कुनै खेलौना फसेका कारण ट्वाइलेट जाम भयो । उनले २ घरेलु रसायन हालेर जाम खुलाउने प्रयास गरिन् । तर, यसको नतिजा के हुन्छ भन्ने उनलाई थाहा थिएन । केमिकलका कारण घरमा विषालु ग्यास उत्पादन भयो र उनीहरुको स्वास्थ्य बिग्रियो । उनले तत्काल इमरजेन्सी नम्बरमा फोन गरिन् ।

सहयोगका लागि पुगेका कर्मचारीले महिलाको घरका साथै पूरै टोलका मानिसहरुलाई त्यहाँबाट हटाए त्यसपछि त्यहाँ फैलिएको विषालु ग्यास सफा गरे । जाँचमा थाहा भयो कि ती दुई केमिकल मिसिएपछि घरमा क्लोरिन ग्यास बनेको थियो जो निकै घातक हुन्छ । यो ग्यासको प्रयोग युद्धका क्रममा ठूलो संख्यामा दुश्मनलाई मार्न गरिन्छ ।