नेपाल फेरी एक कदम अगाडी बढ्नु पर्छ : प्रम ओली



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब एक कदम अगाडी बढ्नु पर्ने अभिव्यक्ति दिनुभएको छ । आज काठमाडौ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले बालकुमारीमा आयोजना गरेको फोहोर पानी प्रशोधन केन्द्र कार्यको शिलान्यास कार्यक्रममा यस्तो बताउनु भएको हो ।

उहाँले भन्नु भएको छ–‘हामीले धेरै कामहरु गरिरहेका छौँ । त्यसमा पनि अझ एक कदम अगाडी बढेर काम गर्नु पर्छ । जसमा हामीलाई मन्त्रालयहरुले साथ सहयोग गरिरहेका छन् ।’

त्यस्तै प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजना तीब्रताका साथ अघि बढिरहेको पनि बताउनु भएको छ । आयोजना चिल्लो सडकमा जापानी कार दौडिएजस्तो अघि बढिरहेको समेत उहाको दावी छ ।

उहाँले भन्नु भयो–‘मेलम्ची आयोजनाले २७ वर्ष चिप्लेकिराको गतिमा हिँड्यो । यो वर्ष त्यसरी हिँड्न पाएको छैन । जापानी कार चिल्लो बाटोमा हिँडेजस्तो हिडेको छ । यसबीचमा तीब्र गति लिएको छ’ ।

उहाँले मेलम्ची आयोजना निर्माण गरिरहेको इटालीयन कम्पनी सीएमसीले नै बाँकी काम गर्ने बताउनु भयो । ‘उनीहरुको पनि प्रतिवद्धता छ, कम्पनीको प्रतिष्ठाको कुरा छ, काम हुन्छ भन्नेमा म विस्वस्त छु’ ओलीले भन्नु भयो ।

मेलम्ची आयोजनामा पछिल्लो समयमा केही अन्योलजस्तो देखिए पनि सरकारले जुनसुकै अवस्थामा पनि अगाडि बढाउने ओलीको दावी छ । ‘अन्योल देखिए पनि अन्योल मान्नुपर्ने कुनै आवश्यकता छैन ।

जुनसुकनै अवस्थामा अगाडि बढाउँछौं । समयभित्र अगाडि बढाउछौं । हप्ता १५ दिनको तलमाथि होला आयोजना अगाडि बढ्छ’ प्रधानमन्त्री ओलीको भनाइ छ । त्यस्तै उहाँले हरेक क्षेत्रमा काम अगाडी बढेको जनाकारी समेत दिनु भएको छ ।

त्यस्तै उहाँले हरेक क्षेत्रमा काम अगाडी बढेको जनाकारी समेत दिनु भएको छ । त्यस्तै कार्यक्रममा वरिष्ठ अतिथि खानेपानी मन्त्री बीना मगरले स्वच्छ खानेपानीका लागि मन्त्रालयले महत्वपूर्ण कार्य गरिरहेको जानकारी दिनुभएको छ ।

उहाँले भन्नु भएको छ–‘हामीले स्वच्छ खानेपानीका लागि काम गरिरहेका छौं । त्यसको लागि मन्त्रालयले महत्वपूर्ण कार्य गरिसकेको छ । खानेपानी विभागले देशभरी नै खानेपानीको पहुँच नभएका ठाउँमा काम अगाडी बढाइरहेको छ ।’  त्यस्तै उपत्ययका खानेपानी आयोजनाले उपत्यका भरी नै ढलनिकासको काम गरेको जनकारी दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्