शुल्कबृद्धिको बिरोधमा र्‍याली निकालियो, उपकुलपति भण्डारीको राजिनामा माग



बिष्णुकुमार देवकोटा ,
दाङ ।

राप्ति श्वास्थ्य बिज्ञान प्रतिष्ठानल अंग्रेजि नयाँ बर्ष १ जनवरी २०१९मा गरेको सेवा शुल्क बृद्धिको बिरोधमा शत्तारुढ दल नेकपा को भातृसंगठन अखिल क्रान्तिकारी र अनेराश्ववियू ले संयुक्त बिरोध र्याली निकालेको छ ।

उपकुलपति डा। संगिता भन्डारीको राजिनामा माग गर्दै निकालिएको र्याली मा शुल्क बृद्धि फिर्तालिनुपर्ने, नागरीकको बाँच्न पाउने हकको सुनिस्चितता हुनुपर्ने, श्वास्थ्य मा व्यापार गर्न नहुने,संबैधानिक मौलिक हकको हनन् गर्न नहुने, निःशुल्क प्रसुति सेवा हुर्नैै, महिला र बालबालिकाको अधिकारको सम्मन हुनुपर्नै लगाएतका नारा लगाउँदै र्याली निकालियको हो ।

र्याली घोराहीको तुलसिपुर चोकमा पुगेर कोणसभामा परिणत हुँदै छ ।
सरकारले एथेष्टमात्रमामा सब्सिडि नदिएको भन्दै गुणस्तरीय सेवा प्रवाहको बहानामा गरेको शुल्क बृद्धि लाई सरोकारवालाहरुले जनताको संबैधानिक अधिकार स्वास्थय माथिको पहुँचको बर्खिलाप भएको संज्ञा दिएका छन् ।

शुल्क बृद्धिको चौतर्फि बिरोध पछि राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी उपकुलपति डा।संगिता भण्डारीले शुल्क बृद्धिको बचाउ गर्दै “शुल्क बृद्धि बाध्यात्मक कदम” भन्दै शुल्क बृद्धि कायम गरेरै छाड्ने अडान लिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्