सल ओढाएर सुताईएको बच्चालाई नदेखेर चालकले कार चढाइदिएपछि…



भारतको सुरतमा निकै दर्दनाक घटना भएको छ । यहाँको हेल्थ क्लव अगाडि सर्भिस रोडमा एक कारले सुतिरहेका १ वर्षका बालकलाई किचेको छ । पुलिसले कार चालक सन्दिप गुप्तालाई पक्राउ गरेको छ ।

पुलिसका अनुसार यहाँ सडकको बीचमा सौन्दर्यका लागि फू रोप्ने, ब्लक बनाउने लगायतका काम भइरहेको छ । मृतक बालकका मातापिता यहीँ मजदूरी गरिरहेका थिए । यहाँ २ मजदूरले काम गरिरहेका थिए । यहीँ तलबाट बग्ने ढलको ढक्कनमा मृतक बालकलाई उनकी आमा अरुणा पारगीले दूध खुवाएर सुताइन् ।

आमाले बच्चालाई घामले नपोलोस् भनेर आफ्नो रातो सल ओढाइदिइन् र काम गर्न थालिन् । बालकलाई कपडाले ढाकिएको थियो । यही बीचमा अचानक कार आयो र बच्चालाई किच्दै गयो ।

घटनापछि करिब १० मिटर अगाडि गएपछि ड्राइभरले कार रोके । तर, भीड बढेको देखेपछि उनी कार लिएर भागे । कारका दुवै पाङग्रा बच्चामाथि चढेका कारण बच्चाको तत्काल मृत्यु भयो ।

कार चालक सन्दिप गुप्तालाई पुलिसले पक्राउ गरेको छ । सन्दिपले पुलिसलाई बताएअनुसार उनी कार लिएर जाँदै गर्दा उनलाई लाग्यो कि सडकमा कुनै सल फालिएको छ । त्यसैले उनले यसबारे बुझेनन् र कार चढाइदिए । पुलिसले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्