करेन्ट लागेर एकको मृत्यु



सैघाली खबर,
दाङ, २४ साउन । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लगाएर माछा मार्न खोज्दा एकजनाको मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं। १६ डोक्रेना निवासी २८ बर्षीय हेमन्त केसीको विद्युतको तारवाट खोलामा माछा मार्न प्रयास गर्दा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

स्थानीय ग्वारखोलामा विद्युतको तार हुकिङगरि माछा मार्ने क्रममा केसीलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । सोमवार राती
उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्