मलेसियामा आतंकवाद विरोधी अभियान : ४०० जना पक्राउ



सैघाली खबर,
साउन २४ ।– मलेसियाका सुरक्षाकर्मीले आतंकवादी विरुद्धको अभियानको क्रममा चार सय भन्दा बढी मानिसलाई पक्राउ गरेको सरकारी अधिकारीले बताएका छन् ।

मलेसियामा आतंकवादी आक्रमणको खतरा रहेको सूचनाका आधारमा सुरक्षाकर्मीले त्यस विरुद्ध अभियान चलाएको हो । राजधानी क्वालालम्पुरमा भएको अभियानको क्रममा पक्राउ परेका मानिसमा धेरैजसोबंगलादेश, भारत र पाकिस्तानका नागरिक रहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सुरक्षाकर्मीले नम्कली पासपोर्ट बनाउने मेसिन, आप्रवासन सम्बन्धी फर्जी कागजातसहितका सामान पनि बरामद गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा यहि अगस्ट १९ देखि दक्षिण पूर्वी एसियन गेम्स हुँदैछ । यसले गर्दा शहरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सोमबार गरिएको अभियानको क्रममा पक्राउ परेकालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्