अन्तर्राष्ट्रिय

मलेसियामा आतंकवाद विरोधी अभियान : ४०० जना पक्राउ

By थाहा अनलाइन

August 08, 2017

सैघाली खबर, साउन २४ ।– मलेसियाका सुरक्षाकर्मीले आतंकवादी विरुद्धको अभियानको क्रममा चार सय भन्दा बढी मानिसलाई पक्राउ गरेको सरकारी अधिकारीले बताएका छन् ।

मलेसियामा आतंकवादी आक्रमणको खतरा रहेको सूचनाका आधारमा सुरक्षाकर्मीले त्यस विरुद्ध अभियान चलाएको हो । राजधानी क्वालालम्पुरमा भएको अभियानको क्रममा पक्राउ परेका मानिसमा धेरैजसोबंगलादेश, भारत र पाकिस्तानका नागरिक रहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सुरक्षाकर्मीले नम्कली पासपोर्ट बनाउने मेसिन, आप्रवासन सम्बन्धी फर्जी कागजातसहितका सामान पनि बरामद गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा यहि अगस्ट १९ देखि दक्षिण पूर्वी एसियन गेम्स हुँदैछ । यसले गर्दा शहरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सोमबार गरिएको अभियानको क्रममा पक्राउ परेकालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।