कस्तो अनौठो प्रथा, यस्तो देश जहा बिहे गर्न मोटाउनु पर्छ !!



युवतीहरु जिउ स्लिम बनाउन वा जिरो फिगर कायम गर्न अनेक उपाय अपनाउँदछन् । तर यो दुनियाँमा एउटा यस्तो देश पनि छ जहाँ युवतीहरु आफ्नो जिउ मोटो बनाउनका लागि तछाड मछाड गर्दछन् । अफ्रिकी देश मौरिटेनियाको परम्परा हो यो । त्यहाँ अविवाहित युवतीहरु यदि दुब्लो भए भने बिहे हुन नै हम्मे हम्मे पर्दछ ।

किनकी पुरुषहरुले बिहेका लागि मोटा युवतीहरु मन पार्दछन् । केटीहरुले आफ्नो जिउ मोटो बनाउनका लागि पौष्टिक र उच्च क्यालोरीयुक्त खानेकुराको डाइट चार्ट नै फलो गर्दछन् । दिनमा १६ हजार क्यालोरीसम्म खानेकुरा खाने गर्दछन् उनीहरु । बढी खाएर जिउ मोटो बनाउनका लागि उनीहरुलाई दबाव दिइन्छ ।

मोटो हुनु सम्पन्नता, सुन्दरता र सुखको प्रतीक हो भन्ने मान्यता उक्त देशको समाजमा रहेको छ । मोटी युवतीसँग बिहे गर्ने युवकको दाम्पत्य जिवन सुखी हुन्छ भनिन्छ । उक्त देशमा हरेक वर्ष दुई महिनाको फिडिंग सिजन हुन्छ । उक्त अवधिमा ११ वर्ष भन्दा माथिका किशोरी र युवतीहरुलाई मोटो बनाउनका लागि उँटको दुध लगायतका खानेकुरा मनग्गे खुवाइन्छ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्