छानबिन गर्न आयोग गठन



काठमाडौ ।  नेपाल वायुसेवा निगमले वाइडबडी जहाज खरिद गर्दा अनियमितता भए–नभएको छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ । सरकारले जाँच बुझ ऐन, २०३६ को दफा ३ को उपदफा २ बमोजिम विमान खरिदमा उठेको प्रश्नलाई सम्बोधन गर्न आयोग गठन गरेको हो ।

पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर एकाउन्टेड मदन शर्मा सदस्य रहेको आयोग गठन गरेको हो । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्