महायज्ञको छलफल



दाङ । श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञ एवम् वाराहक्षेत्र मावि शैक्षिक, धार्मिक तथा सास्कृतिक महामहोत्सवको तयारी तिब्र रुपमा भईरहेको छ । वाराहक्षेत्र माध्यमिक विद्यालय सेवार बनगाँउ दाङको पुर्वाधार विकास तथा प्राविधिक शिक्षालय स्थापनार्थ यहि माघ तिन गते देखि ११ गते सम्म हुने ज्ञान महायज्ञ तयारी तिब्र रुपमा रहेको मुल आयोजक समितिका निर्देशक प्राध्यापक डा अर्जुन कुमार डाँगीले जानकारी दिएका छन् ।
समितिका निर्देशक प्राध्यापक डाँगीले महायज्ञको प्रचार प्रसार, सरोकारवालाहरुसंग छलफल तथा आर्थिक संकलकको विषयमा बैठक भईरहेको वताएका छन् । महायज्ञ मुल आयोजक समितिका निर्देशक प्राध्याक डा डाँगी, संयोजक विमला योगी, सह–संयोजक कुलबहादुर घर्ति, विद्यालयकी प्रधानाध्यापक तथा दाता पहिचान तथा समन्वय उपसमिति संयोजक वाल्मी केसीले महायज्ञलाई सफल वनाउनको लागि घोराही उपमहानगरपालिकाका मेयर, उपमेयर, विद्यालयका पुर्व विद्यार्थी लगाएतका सरोकारवालाहरुसंग छलफल गरेका छन् । उनिहरुले वाराहक्षेत्र माध्यमिक विद्यालय सेवार बनगाँउ दाङको पुर्वाधार विकास तथा प्राविधिक शिक्षालय स्थापनाको लागि महायज्ञमा सहभागि हुन र आर्थिक सहयोग गर्न सबैमा अपिल गरेका छन् ।


घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, उपमेयर सिता सिंग्देल न्यौपानेले महायज्ञ संचालनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । प्राविधिक शिक्षाको लागि आयोजन गर्न लागेको महायज्ञले सकारात्मक कामको थालनी भएकाले आर्थिक पारदर्शि हुनु पर्ने वताएका थिए । यस्तै बिहिवार मुल आयोजक समितिले पुर्व शिक्षकहरुसंग भेटघाट गरेको सचिवालय संयोजक टेकबहादुर डाँगीले जानकारी दिएका छन् । महायज्ञ घोराहीको कर्मचारी मिलन केन्द्रमा युवा कथा वाचक पण्डीत वालयोगेश्वर महाराजले कथा वाचन गर्ने छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्