प्रथम लोककुमारी रिजाल स्मृति दिवस मनाइयो



सैघाली खवर
दाङ २४ साउन । नेपाल पत्रकार महासंघ र प्रेस सेन्टर नेपाल दाङले मंगलवार घोराहीमा संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि लोककुमारी रिजालको प्रथम स्मृति दिवस मनाएका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजयदिप शर्मा र उहाँको परिवारले आमा लोककुमारी रिजालको स्मृतिमा स्थापना गरेको लोककुमारी स्मृति पत्रकारिता पुरस्कार वितरण तथा स्मृति दिवस कार्यक्रम संयुक्त रुपमा मनाएका हुन् ।

सो अवसरमा वोल्ने वक्ताहरुले वाआमाको शिक्षा, ज्ञान र अनुभव नै मानिसको पहिलो शिक्षा, ज्ञान र अनुभव भएको भन्दै यसवाट सवैले पाठसिक्नु पर्ने वताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले जन्मनु र मर्नु मानिसको रित भएको भन्दै मर्नेरुको स्मृति र उनीहरुको योगदानलाई सवै सन्तानले सम्मान गर्नु पर्ने वताउनुभयो ।

यसैगरी पत्रकार महासंघका केन्द्रिय सदस्य एवं लोककुमारी रिजालका कान्छा छोरा अजयदिप शर्माले आमावाट आफूले धैर्यता, सन्तानप्रतिको अगाढ प्रेम र चिन्ता जस्ता कुरा सिकोको अनुभव सुनाउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भुपेन्द्रप्रकाश ओलीले गर्नुभएको थियो । महासंघका उपाध्यक्ष एवं प्रेस सेन्टरका जिल्ला अध्यक्ष डिल्लि मल्लको स्वागत मन्तव्यवाट सुरु भएको कर्याक्रममा पूवंअध्यक्ष के.एल. पीडित, लोककुमारीका जेठा छोरा हरिप्रसाद रिजाल लगाएतले बोल्नुभएको थियो ।

दुई जना पत्रकार सम्मानित

आमा लोककुमारी रिजालको स्मृतिमा उहाँका छोराहरुले स्थापना गरेको लोककुमारी स्मृति पत्रकारिता पुरस्कारवाट जिल्लामा क्रियाशिल दुई जना पत्रकारलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघमा स्थापना गरिएको लोककुमारी स्मृति पत्रकारित पुरस्कारवाट वुटवल टुडेका सम्वाददाता सन्तोष अधिकारी र प्रेस सेन्टर दाङमा स्थापना गरिएको लोककुमारी

स्मृति सृजनशिल पत्रकारिता पुरस्कारवाट वुटवल टुडे र रेडियो हाम्रो पहुँचमा कार्यरत पत्रकार तुलसीराम ओलीलाई सम्मानित गरिएको हो । उहाँहरुलाई ५÷५ हजार नगद र खादा तथा प्रमाणपत्रले सम्मान गरिएको छ ।

जनप्रतिनिधिलाई सम्मान

यसैगरी सोहि अवसरमा लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहि हालै सम्पन्न स्थानीय तहको निर्वाचनवाट विजयी हुनुभएका पत्रकारहरुलाई पनि सम्मान गरिएको छ । लामो समयदेखि पत्रकारितामा रहेर संगालेको ज्ञान र अनुभवलाई जनताको सेवा र गाउँको विकासमा लगाउन सके सम्बन्धित क्षेत्रको विकास हुनसक्ने भन्दै उहाँहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा तुलसीपुर उपमहानगर सदस्य दिपक कुमाल, वडासदस्यहरु सुवास डिसी, दुजमान भण्डारी र सुरेश श्रेष्ठ रहनुभएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्