तुलसीपुर, २४ साउन।
नेपाल मगरसंघ तुलसीपुर उपमहानगर समितीको छैठौ अधिवेशसन विजौरीमा सम्पन्न भएको छ । रामकुमार घर्ति मगरको अध्यक्षतामा दोस्रो अधिवेशनबाट ६ सदस्य पछि थप गर्ने गरी १७ सदस्य नया कार्य समिती चयन गरेको छ ।
जस्को उपाध्यक्षमा सुनिता घर्ति मगर सचिवमा टिकाराम पुन मगर,सहसचिवमा रिमा वुढा मगर,कोषध्यक्षमा देव बहादुर रोका मगर रहनु भएको छ । त्यस्तै सदस्यहरुमा जीत बहादुर पुन,प्रेम बहादुर पुन,मिरा पुन,भिउराम घर्ति,कर्म कुमार वुढा,बसन्तिदेवि वुढा,विष्णु पुन,गोविन्द पुन,सरिता राणा,शितल प्रसाद वुढा,विभिषण रोका,र शान्ति रोका मगर चयन हुनु भएको छ ।
नव निर्वाचित कार्य समितीलाई नेपाल मगर संघको वरिष्ठ केन्द्रिय उपाध्यक्ष राज बहादुर घर्ती , व्यवसायी पर्शुराम पुन , अधिबवेशन तयारी समितीका संयोजक खुमेन्द्र पुन , नेपाल मगर संघ दाङ जिल्ला सचिव पुर्ण पुन , नेपाल मगर संघ नगर कमिटी का पुर्व अध्यक्ष विर वहादुर वुढा , निर्वाचन मण्डलका संयोजक वलवहादु रोका लगाएतकाले सफल कार्यकालको शुभकामना तथा वधाई ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण निर्वाचन मण्डलका सदस्य बलीभद्र कुसारी मगरले गर्नु भएको थियो.
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।