जानिराखौँ ! भाग्यमानी व्यक्तिको हातमा मात्रै हुन्छ यस्तो चिह्न



काठमाण्डौ । हत्केलामा हुने केही विशेष चिह्नले पनि तपाईको जीवनबारे धेरै कुरा बताउँछन् ।

हत्केलामा शंख, चक्र, त्रिशूल, कमल आदि चिह्न हुनु धेरै शुभ मानिन्छ । यस्ता मानिसहरु भगवानबाट कृपा पाएको पात्रका रुपमा चिनिन्छन् र जीवनमा अरुभन्दा अलग्गै हुन्छन् । यस्ता मानिसले अरुको भन्दा धेरै सफलता हासिल गर्छन् ।

विष्णु चिह्न :-

हत्केलामा हृदय रेखा जब गुरु पर्वतमा पुगेर दुई भागमा बाँडिन्छ, जिसको एक सिरा माथिल्लोतर्फ तथा मध्यम औलाको बीच भएर जान्छ । तल गुरु पर्वतको तर्फ गइरहेको हुन्छ।यसमा ड्र गर्यो भने अंग्रेजी ‘बी’ जस्तो देखिने एक चिह्न बन्छ । यसैलाई भगवान विष्णुको चिह्न मानिन्छ । यसलाई नै विष्णु रेखा भनिन्छ ।

विष्णु रेखाको महत्व

विष्णु चिह्न जसको हातमा हुन्छ, उसलाई भगवानबाट विशेष कृपा हुन्छ । यस्ता व्यक्तिले राम्रो काम गरे भने अवश्य सफलता मिल्छ । यस्ता व्यक्तिले कुनै गलत काम गरे भने पनि त्यसको नराम्रो नतिजा पनि तत्कालै पाइहाल्छन् ।

 

 

Palmistry : hands reading the lines in a woman’s hand

काम गर्दा यस्ता व्यक्तिले अरुको तुलनामा धेरै बढी प्रगति गर्न सक्छन् । काम गर्दा आइपर्ने कुनै पनि चुनौतीलाई यस्ता व्यक्तिले सजिलै पार गर्न सक्छन् । यस्ता व्यक्तिका विरोधीले पनि यीनिहरुलाई सजिलै हराउन सक्दैनन् । यीनिहरुले समाजमा पनि मान सम्मान र प्रतिष्ठा कमाउछन् । – एजेन्सी ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्