सैघाली खबर,
काठमाडौं,२४ साउन । – भर्खरै फुटेर दुई टुक्रा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेताहरु तानातानमा लागेका छन् । नायिका रेखा थापाले मंगलबार कमल थापा नेतृत्वको राप्रपा परित्याग गरी पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्र ९प्रजातान्त्रिक० लाई रोज्नुभएको छ ।
उहाँ राप्रपाको पछिल्लो महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँसहित केही केन्द्रीय सदस्य पशुपति शमसेरको राप्रपा प्रजातान्त्रिकमा आएको केन्द्रीय सदस्य रविन चामलिङले बताउनुभयो ।
त्यस्तै, चर्चित गायिका कोमल वलीले भने आफू संस्थापन पक्षतर्फ नै भएको बताउनुभयो । वली पनि पछिल्लो महाधिवेशनबाट राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।