आजदेखि हलहरुमा ‘जे सुकै होस्’, नायिका भईन् वेपत्ता, निमार्ण टिम नै आश्चर्यमा



दिनेश नेपाली,
नेपाली कथानक चलचित्र जे सुकै होस् आज शुक्रबारदेखि देशभरका विभिन्न हलहरुमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्र प्रदर्शनमा आएसंगै चलचित्रकि नायिका चन्दा दाहाल निर्माण टिमसंग सम्पर्क विहिन भएकि छिन् ।

चलचित्रको सम्पुर्ण तयारि पश्चात जव रिलिज डेट तोकियो त्यस दिनदेखि नायिका चन्दा निर्माण टिमको सम्पर्कमा नआएको निर्देशक रोशनकुमार श्रेष्ठले जानकारी दिए ।

उनि सम्पर्कमा नआएको प्रति सम्पुर्ण टिमले आपत्ति जनाएको छ । चन्दा अहिले सामाजिक सञ्जालमा पनि अपडेट भएकि छैनन् भने उनको मोवाईल पनि स्विज अफ छ ।

चलचित्रमा दिईएको सिनका कारण नायिका गुमनाम हुनुपर्ने अवस्था त आएको होइृन ? भन्ने सैघाली खबरको प्रश्नमा दिर्नेशक श्रेष्ठले नायिका गुमनाम हुनु व्यक्तिगत या सिनेमामा दिईएको सिन के कारण हो यस बिषयमा आफुहरुनै अनविज्ञ भएको जवाफ दिए ।

टे«लरमा जस्तो चलचित्रमा नायिकाको कुनै पनि आपत्तिजनक क्यारेक्टर नभएकाले यस बिषयमा नायिका गुमनाम हुनु आफुहरुलै आश्र्यमा परेको निर्माण पक्षको दावी छ । चलचित्र पुर्ण रुपमा मनोरञ्जन, रोदन, लभ स्टोरी भएकाले परिवारसंग नै बसेर हेर्न मिल्ने निर्देशक श्रेष्ठले बताए ।

लागु औषध दुव्र्यसनमा फसेका युवाहरुलाई कसरि सहि बाटोमा ल्याउन सकिन्छ भन्ने खालको सन्देश चलचित्रको माध्यमबाट दिन खोजिएको छ । चलचित्रमा उमेश गुरुङ, चन्दा दाहाल, किश्मत तामाङ, रोशनकुमार श्रेष्ठ, सोनी गुरुङ लगाएतका कलाकारको अभिनय रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्