भिडियो

आजदेखि हलहरुमा ‘जे सुकै होस्’, नायिका भईन् वेपत्ता, निमार्ण टिम नै आश्चर्यमा

By थाहा अनलाइन

January 04, 2019

दिनेश नेपाली, नेपाली कथानक चलचित्र जे सुकै होस् आज शुक्रबारदेखि देशभरका विभिन्न हलहरुमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्र प्रदर्शनमा आएसंगै चलचित्रकि नायिका चन्दा दाहाल निर्माण टिमसंग सम्पर्क विहिन भएकि छिन् ।

चलचित्रको सम्पुर्ण तयारि पश्चात जव रिलिज डेट तोकियो त्यस दिनदेखि नायिका चन्दा निर्माण टिमको सम्पर्कमा नआएको निर्देशक रोशनकुमार श्रेष्ठले जानकारी दिए ।

उनि सम्पर्कमा नआएको प्रति सम्पुर्ण टिमले आपत्ति जनाएको छ । चन्दा अहिले सामाजिक सञ्जालमा पनि अपडेट भएकि छैनन् भने उनको मोवाईल पनि स्विज अफ छ ।

चलचित्रमा दिईएको सिनका कारण नायिका गुमनाम हुनुपर्ने अवस्था त आएको होइृन ? भन्ने सैघाली खबरको प्रश्नमा दिर्नेशक श्रेष्ठले नायिका गुमनाम हुनु व्यक्तिगत या सिनेमामा दिईएको सिन के कारण हो यस बिषयमा आफुहरुनै अनविज्ञ भएको जवाफ दिए ।

टे«लरमा जस्तो चलचित्रमा नायिकाको कुनै पनि आपत्तिजनक क्यारेक्टर नभएकाले यस बिषयमा नायिका गुमनाम हुनु आफुहरुलै आश्र्यमा परेको निर्माण पक्षको दावी छ । चलचित्र पुर्ण रुपमा मनोरञ्जन, रोदन, लभ स्टोरी भएकाले परिवारसंग नै बसेर हेर्न मिल्ने निर्देशक श्रेष्ठले बताए ।

लागु औषध दुव्र्यसनमा फसेका युवाहरुलाई कसरि सहि बाटोमा ल्याउन सकिन्छ भन्ने खालको सन्देश चलचित्रको माध्यमबाट दिन खोजिएको छ । चलचित्रमा उमेश गुरुङ, चन्दा दाहाल, किश्मत तामाङ, रोशनकुमार श्रेष्ठ, सोनी गुरुङ लगाएतका कलाकारको अभिनय रहेको छ ।