परम्परा तोड्दै “छोरीहरु”



बिष्णुकुमार देवकोटा ,
दाङ ।
दाङका “छोरीहरु”ले लैङ्गिक समानताको गतिलो उदाहरण पेस गरेका छन् ।
हिन्दूवादी संस्कार अन्तर्गत छोराको अनिवार्यतालाई चुनौति दिंदै “मृत्युओक्तर” कर्ममा सहभागी भई छोराको प्रधान उपस्थिीतिलाई चुनौति दिएका हुन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ११ जस्पुरमा आमा स्व. तारा बि.क.को श्वर्गारोहन भएपछि गरुड पुरान अनुसार दश गात्र किरिया गर्न दुई छोरीहरु बसेका छन् ।

 


आफ्नी आमा तारा बि.काके ४० बर्षको उमेरमा मृत्युभएपछि परम्परागत बाधाहरका बाबजुदपनि १७ बर्षीय जेठी छोरी आराधना बि.क. र १४ बर्षीय माइलि छोर सदिक्षा बि.क. आमाको किरिया बसेका हुन् । कान्छिी छोरी प्रतिक्षा बि.क. सानी भएकाकारण किरिया नबसेको पारीवारीक श्रोतले बताएको छ ।

हिन्दू कर्मकाण्ड सास्त्रअनुसार पुत्रको किरियामा संलग्नता अनिवार्यमानिने हुँदा छोरीहरु किरिया बसेर समाजमा उदारणीय काम गरेको सर्बत्र चर्चाको बिषय बनेको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्