समाज

परम्परा तोड्दै “छोरीहरु”

By थाहा अनलाइन

January 04, 2019

बिष्णुकुमार देवकोटा , दाङ । दाङका “छोरीहरु”ले लैङ्गिक समानताको गतिलो उदाहरण पेस गरेका छन् । हिन्दूवादी संस्कार अन्तर्गत छोराको अनिवार्यतालाई चुनौति दिंदै “मृत्युओक्तर” कर्ममा सहभागी भई छोराको प्रधान उपस्थिीतिलाई चुनौति दिएका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ११ जस्पुरमा आमा स्व. तारा बि.क.को श्वर्गारोहन भएपछि गरुड पुरान अनुसार दश गात्र किरिया गर्न दुई छोरीहरु बसेका छन् ।

 

आफ्नी आमा तारा बि.काके ४० बर्षको उमेरमा मृत्युभएपछि परम्परागत बाधाहरका बाबजुदपनि १७ बर्षीय जेठी छोरी आराधना बि.क. र १४ बर्षीय माइलि छोर सदिक्षा बि.क. आमाको किरिया बसेका हुन् । कान्छिी छोरी प्रतिक्षा बि.क. सानी भएकाकारण किरिया नबसेको पारीवारीक श्रोतले बताएको छ ।

हिन्दू कर्मकाण्ड सास्त्रअनुसार पुत्रको किरियामा संलग्नता अनिवार्यमानिने हुँदा छोरीहरु किरिया बसेर समाजमा उदारणीय काम गरेको सर्बत्र चर्चाको बिषय बनेको छ