बाँदरको यौनशोषण गर्ने युवतीलाई ३ वर्षको जेल सजाय



इजिप्टमा बाँदरको यौनशोषण गर्ने एक युवतीलाई अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ । ती युवतीले बाँदरको यौन शोषण गर्ने प्रयास गरेको अभियोगमा यही शुक्रबार अदालतले सजाय सुनाएको हो ।

यो घटनालाई ती युवतीका एक साथीले भिडियो रेकर्ड गरेर इन्टरनेटमा राखिदिएका थिए । यो फैसला मंसुराको अदालतले गरेको हो ।

बसमा अहमद नाम गरेकी ती २५ वर्षकी युवतीमाथि सार्वजनिक ठाउँमा गलत क्रियाकलाप गरेको आरोप लागेको थियो । यो घटनाको ९० सेकेण्डको भिडियो बाहिरिएको थियो ।

भिडियोा युवती बाँदरसँग अश्लील हर्कत गरिरहेकी देखिएकी छिन् । सुरुमा ४ दिनको लागि हिरासतमा राखिएकी ती महिलाको हिरासतको अवधि थप गर्दै गएर अन्ततः फैसला सुनाइएको हो ।

भिडियोमा ती युवती एक पालतु जनावरको पसलमा बसेकी छिन् र बाँदरको गुप्तांग चलाइरहेकी छिन् । उनले सार्वजनिक रुपमा केही अश्लील कमेन्ट पनि गरेकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्