महिलाको ब्रा तानिदिएपछि नेपाली युवालाई १ लाख जरिवाना



मलेसियामा रोजगारीका लागि गएका एक नेपाली युवाले काम गरिरहेको ठाउँमै सहकर्मी महिलाको ब्रा तानिदिएपछि १ लाख ८ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।

ती नेपाली युवा एक फ्याक्ट्रीमा केक बनाउने काम गर्दै थिए यही क्रममा उनले महिला सहकर्मीको ब्रा तानिदिएका हुन् । काम गर्दै गर्दा ती युवकले २३ वर्षकी स्थानीय महिला सहकर्मीलाई पटक पटक बोलाएका थिए तर महिला सहकर्मीले नसुनेपछि उनले ब्रा समातेर तानिदिए ।

२५ वर्षका प्रताप थोकर नामका ती युवालाई यो हर्कत निकै भारी पर्यो । ती महिलाले हिजो उनीविरुद्ध पुलिसमा उजुरी गरिन् । यहाँको मजिस्ट्रेट अदालतले उनलाई ४ हजार रिंगिट जरिवानाको सजाय सुनाएको छ ।

यो रकम तिर्न नसके उनी ५ महिना जेल बस्नुपर्नेछ । मजिस्ट्रेट मोहम्मद इखवान मोहद नासिरले प्रतापलाई दोषी ठहर गर्दै सजाय सुनाएका हुन् ।

यो घटना १६ डिसेम्बरमा यहाँको तमान मयाङ केल्ना जयामा रहेको केक फ्याक्ट्रीमा भएको थियो । यहाँ ती दुवैले केक बनाउने काम गरिरहेका थिए ।

यही क्रममा केही काम परेपछि प्रतापले ती महिलालाई बोलाएका थिए । तर, महिलाले उनको कुरा नसुनेपछि उनले महिलाको ध्यान आकर्षण गर्न उनलाई तानेका थिए । प्रतापले जरिवाना तिरे वा तिरेनन् भन्ने प्रस्ट भइसकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्