कैटले ‘धोका’ दिएपछि श्रद्धासँग रोमान्स गर्दै वरुण धवन



एजेन्सी । बलिउड नायक बरुण र नायिका श्रद्धा कपुर एक साथ फिल्ममा देखिने भएका छन् ।

रेमो डिसोजाको निर्देशनमा तयार हुन लागेको चलचित्र एबीसीडी ३ मा नायक बरुण धवन पक्का भैसकेका छन् भने नायिकामा श्रद्धा कपुर फाइनल भइसकेकी छन् ।

पहिले यस फिल्ममा बरुणसँग क्याट्रीना क्याफ फाइनल भएकी थिइन् तर पछि क्याटले फिल्म छाडेकी हुन् । सलमानको र उनको चलचित्र ‘भारत’को सेड्यूलसँग जुधेपछि यो चलचित्रमा काम गर्न सकेकी थिइन् ।

 

नायिका कैटले काम नगर्ने भएपछि अब यो चलचित्रमा कुन नायिका होलिन् भन्ने अड्कलबाजी शुरु भएको थियो । ‘एबीसीडी २’मा काम गरिसकेकी श्रद्धा यस चलचित्रमा पनि दोहरिने भएकी हुन् ।

पछिल्लो समय चलचित्र ‘साहोमा काम गरेकी श्रद्धा अब भने बरुणसँग जोडिएकी हुन् । चलचित्रको छायांकन जनवरी २२ बाट शुरु हुने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्