आफ्नी प्रेमिकासँग भेट्न गएको एक युवकमाथि तब विपत आइप¥यो जब उनलाई प्रेमिकालाई भेट्न आएकोमै केरकार शुरु भयो । उनी प्रेमीको घर नजिकै पुग्दा केही मानिसले नियन्त्रणमा लिएर यस्तो गरेका थिए ।
युवकलाई नियन्त्रणमा लिनेहरुले यथार्थ थाहा पाएपछि आक्रोशमा आए र एक्लो रहेका युवकको जबरजस्ती कपाल खौरिदिए । कपाल खौरिएर मात्र उनीहरुको रिस शान्त भएन ।
त्यसपछि युवकलाई जुत्ताको माला लगाएर पिट्दै बजार घुमाइयो । यो घटना भारतको बुलंदशहर नगर कोतवालीको हो । प्रेमिकालाई भेट्न गएका युवकको यस्तो हविगत गर्ने अरु कोही नभएर प्रेमिको परिवारका सदस्यनै थिए ।
आक्रोशित परिवारका सदस्यले युवकलाई यो हदसम्मको अपमान र सजय दिएका हुन् । यो क्रममा त्यहाँ निकै भीड जम्मा भइसकेको थियो । भीडबाट कसैले प्रहरीलाई सम्पर्क गरेपछि केही समयमै घटनास्थलमा प्रहरी आइपुग्यो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।