अचम्मका कुरा

प्रेमिकालाई भेट्न पुगेका युवकको यो हालत

By थाहा अनलाइन

January 04, 2019

आफ्नी प्रेमिकासँग भेट्न गएको एक युवकमाथि तब विपत आइप¥यो जब उनलाई प्रेमिकालाई भेट्न आएकोमै केरकार शुरु भयो । उनी प्रेमीको घर नजिकै पुग्दा केही मानिसले नियन्त्रणमा लिएर यस्तो गरेका थिए ।

युवकलाई नियन्त्रणमा लिनेहरुले यथार्थ थाहा पाएपछि आक्रोशमा आए र एक्लो रहेका युवकको जबरजस्ती कपाल खौरिदिए । कपाल खौरिएर मात्र उनीहरुको रिस शान्त भएन ।

त्यसपछि युवकलाई  जुत्ताको माला लगाएर पिट्दै बजार घुमाइयो ।  यो घटना भारतको बुलंदशहर नगर कोतवालीको हो । प्रेमिकालाई भेट्न गएका युवकको यस्तो हविगत गर्ने अरु कोही नभएर प्रेमिको परिवारका सदस्यनै थिए ।

आक्रोशित परिवारका सदस्यले युवकलाई यो हदसम्मको अपमान र सजय दिएका हुन् ।  यो क्रममा त्यहाँ निकै भीड जम्मा भइसकेको थियो । भीडबाट कसैले प्रहरीलाई सम्पर्क गरेपछि केही समयमै घटनास्थलमा प्रहरी आइपुग्यो ।