अचम्मका कुरा

यी सुन्दर शिक्षिकाको साइड जबबारे खुलासा हुँदा विद्यालयमा हंगामा

By थाहा अनलाइन

January 04, 2019

एजेन्सी। सामान्यतया कुनै पनि संस्थाले आफ्ना कर्मचारी आफ्ना बाहेक अन्य संस्थामा काम गरोस् भन्ने चाहँदैन विशेषगरी एउटै क्षेत्रमा । तर यदि कर्मचारी निकै भिन्न प्रकारको साइड जब गर्छन् भने साधारणतया संस्थालाई आपत्ति हुँदैन ।

तर यहाँ ठिक उल्टो भएको छ । अमेरिकामा एक प्रि–स्कूल शिक्षिकालाई कामबाट यसकारण निकालियो किनभने उनी राती निकै अलग्गैं प्रकारको काम गरिरहेकी थिइन् ।

२१ वर्षीया नीना स्काये एक क्रिश्चियन नर्सरी स्कूलमा शिक्षिका थिइन् । उनी दिउँसो पढाउँथिन् र राती पोर्न फिल्ममा काम गर्थिन् । जब उनलाई उनको साइड जब बारे थाहा भयो तब उनलाई उक्त काम बन्द गर्नुपर्ने बताइयो ।

तर नीनाले उनीहरुको आग्रहलाई मानिनन् जसका कारण उनलाई स्कूलबाट निकालियो । नीनाका अनुसार टिचिङ र सेक्स दुबै उनको प्यासन हो । उनी दुबै कामलाई सँगसँगै लैजान चाहन्थिन् तर यस्तो हुन सकेन ।

नीना आफूलाई राम्रो शिक्षिका बताउँछिन् । उनका अनुसार उनको साइड जब क्रिश्चियन स्कूलको सिद्धान्त विपरित बताइयो । स्कूलले नीनालाई एडल्ट स्टारको काम छोड्न सहयोग गर्ने अफर दियो तर नीनाले उक्त अफरलाई अस्विकार गरिन् ।

नीना भन्छिन्, “पोर्नस्टारको रुपमा काम गर्नु मेरो ड्रीम जब हो । यसबाट मैले निकै सजिलै मोटो रकम कमाउन सक्छु ।” नीनाले पहिलो पटक पोर्न फिल्ममा काम गरेबापत् उनलाई तत्काल २ हजार ५ सय डलर पारिश्रमिक दिएको स्मरण गर्दै पहिलो पटक त्यति धेरै पैसा देखेको र समातेको उनले बताइन् ।