किन बग्छ आँखाबाट आँसु ?



मानिसको आँखाबाट आँसु वा पानी बग्ने सामान्य प्रक्रिया हो । विभिन्न हर्मोन वा अन्य कारणले गर्दा आँखाबाट आँसु आउने गर्छ । तर, यो कसरी बग्छ त भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

आँखामा आई लिड हुन्छ, जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ । र, आँखाछेउको तल–माथि दुवैतिर प्वाल हुन्छ । ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट सप्लाई हुन्छ ।

आँखाको सेतो भागमा पनि यसरी नै पानी सप्लाई हुन्छ । यसका साथै नाकलगायत शरीरका अन्य भागमा पनि प्वालका माध्यमबाट पानी सप्लाई हुने गर्छ । त्यस्ता प्वाल वा पानी सप्लाई गर्ने नली साँघुरो भएको वा टालिएको अवस्थामा आँखाबाट पानी वा आँसु बग्ने गर्छ ।

आँसुमा हुने पदार्थ नुन, तेलको ब्यालेन्स नमिल्दा पनि आँखाबाट अनावश्यक पानी बग्ने गर्छ । जसका कारण हाम्रो आँखा सुक्खा हुने समस्या पनि हुन्छ ।

विशेषगरी, जाडो मौसममा चल्ने हावाले आँखाको तरल पदार्थलाई बाफ बनाएर उडाउँछ र आँखाबाट आँसु आउने गर्छ । यसो हुँदा पनि आँखा सुक्खा हुँदै जान्छ ।

स्याहार
आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण र संवेदनशील अंग हो । त्यसैले आँखाको स्याहार अति आवश्यक हुन्छ । खासगरी, जाडो र हावा चल्ने मौसममा आँखा दुख्ने, धमिलो देख्नेजस्ता समस्यालाई सामान्य रूपमा लिनु हुँदैन । आँखामा सामान्य समस्या देखिए पनि त्यसले ठूलो रूप लिन सक्छ ।

कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखासम्बन्धी समस्या देखिन सक्छ । अफिसमा कम्प्युटरमा काम गर्नु बाध्यता हुन सक्छ । तर, घरमा त्यस्तो अवस्था नरहन पनि सक्छ । तसर्थ, सकेसम्म घरमा कम्प्युुटर, मोबाइलबाट टाढै बस्दा राम्रो हुन्छ ।

आँखाका लागि खानेकुरामा पनि ध्यान दिनुपर्छ । खासगरी, पोषण र प्रोटिनयुक्त खानाको नियमित प्रयोग गर्नुपर्छ । हरियो तरकारी, माछा, फलफूल आदिको अत्यधिक प्रयोग गर्न आवश्यक हुन्छ । यस्ता खानाले आँखासम्बन्धी गम्भीर समस्याबाट टाढै राख्ने काम गर्छ ।

आँखासम्बन्धी कुनै समस्या छैन भन्ने थाहा भए पनि वर्षमा एकपटक जाँच गर्न भने आवश्यक हुन्छ । त्यस्तै, प्रत्येक सेकेन्डमा तीन–चारपटक आँखा झिम्काउनुपर्छ । यसले तन्दुरुस्त राख्नुका साथै आँखालाई तनावमुक्त गर्न सघाउँछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्