सुचना प्रविधि

किन दह्यो हुन्छ नोकिया फोन ? यसकोबारेमा रोचक जानकारी

By थाहा अनलाइन

January 04, 2019

सायद हामीहरु मध्य नोकिया फोन प्रयोग नगरेका थोरै छै होला । कतिले त अझै पनि नोकिया फोन नै प्रयोग गर्दै हुनुहुन्छ होला । नोकियाले आफ्नो उत्पादन पुनस् सुरु गरेपछी किनेर चलाउनेहरु पनि हुनुहुन्छ होला ।

पिपल गेडी र पाहुर बिस्कुट “मिस” गर्दा झै नोकिया फोन “मिस” गर्ने हरु पनि पक्कै हुनुहुन्छ । नोकिया फोन प्रती को आकर्षण को कारण भनेको यसको मज्बुती र गुण्स्तर नै हो । वास्तवमै नोकिया निकै नै टिकाउ फोन बनेको छ ।

यती सम्म कि बिभिन्न सामजिक सन्जाल हरुमा नोकिया को मज्बुती लाई लिएर बनेका धेरै थरिका ब्यङ्यात्मक पोस्ट हरु निकै नै देख्न पाहिन्छ। जस्तै किस् सामसुङ खसे स्क्रीन फुट्छ , नोकिया खसे जमिन नै फुट्छ र आईफोन खसे फोनको साहुको मुटु फुट्छ । रमाइलो को लागी मात्र यो प्रसँग उठायौ ।

अब सुरु गरौ नोकिया फोन को बारेमा यस्ता १० रोचक जानकारी हरु जुन तपाईं हामी मध्य धेरै लाई थाहा छैन ।

नोकियाको बारेमा १० रोचक जानकारीहरु : नोकिया ३३१० फोनको भन्दा धेरै समय ब्याट्री टिक्ने फोन आहिलेसम्म बजार मा उपलब्ध छैनन । एकपटक पुरा चार्ज गरेपछी लगातार ५५ घण्टा कल गर्न पुग्ने ब्याकअप नोकिया ३३१० को ब्याट्री ले दिन्छ ।

प्राय स्मार्टफोन हरु एकपटक अफ गरेर अन गरिसके पछी चलाउन को लागी तयार हुन २० सेकेन्ड समय लिन्छन्, जबकी नोकिया ८ सेकेन्ड मै तयार हुन्छ ।

फिनल्यान्ड मा नोकिया लाई “क्ष्लमभकतचगअतष्दभि” ९ अबिनासकारी ० को उपनाम दिइएको छ । यतिसम्म कि नोकिया ३३१० लाई फिनल्यान्डले राष्ट्रिय चिन्ह तोकेको छ ।

नोकिया मा रहेको “स्नेक” खेल , सबैभन्दा धेरै जनाले खेलेको मोबाईल खेल को रुपमा बिश्व कृतिमान राख्न सफल भएको थियो । सन् २०१० मा उक्त कृतिमान राख्दा सम्म मात्र यो खेल १ करोड जना भन्दा धेरै मोबाईल प्रयोगकर्ताले खेलेका थिए ।

आफुले बोकेको नोकिया ३३१० को कारण ले अफ्गानिस्तानका एक सैनिक लाई छातीमा गोली लाग्न बाट बचाएको थियो । यो बिषय उक्त समयमा सामजिक सन्जालहरु मा निकै भाइरल बनेको थियो ।

आन्तरिक एन्टिना को प्रयोगको सुरुवात नोकिया बाट नै भएको थियो । टाइपिङमा को अप्सन भित्राउने पनि नोकिया नै थियो। आईफोन पहिलो पटक लन्च हुँदा २ करोड ५० लाख थान बिक्री भएको थियो,जबकी नोकिया पहिलो पटक लन्च हुँदा १ अर्ब २६ लाख थान बिक्री भएको थियो ।

केहि समयअघी मात्र बेलायत को पत्रीकाले एउटा लेख प्रकासन गरेको थियो । एक ब्यक्ती जसले सन् २००० मा नोकिया ३३१० किनेर आहिले २०१७ सम्म पनि उहि फोन बिना कुनै समस्या चलाईरहेको बिषय मा एउटा रोचक जानकारी उक्त लेखमा उल्लेख गरिएको थियो । मोबाईलमा पहिलो पटक ईन्टरनेट च्याट को सुबिधा दिने मोबाईल नोकिया ३३१० नै थियो । एजेन्सी