महिनावारीको समयमा अब महिला कर्मचारीलाई विदा



महिला कर्मचारीलाई महिनावारीको समयमा तलब सहित विदा दिने इटली पहिलो युरोपेली मुलुक बनेको छ । इटलीले महिलालाई रजस्वलाको समयमा समय लिने अनुमति दिएको छ ।

इटलीका एमपिहरु तत्काल डाइसमनोरियाबाट पीडित महिलालाई तीन दिनसम्म तलब नकाटी छुट्टी दिने एउटा विधेयकमा छलफल गर्दैछन् । डाइसमनोरिया यस्तो अवस्था हो जसमा रजस्वला भएकी महिलाले अत्याधीक शारीरिक पीडाबाट गुज्रिनुपर्छ ।

सो प्रगतिशिल विदेयक देशमा निकै विवादास्पद भएको थियो । इटलीमा लैंगिकता र महिलालाई तल पार्ने सामाजिक प्रणालीको लामो इतिहास छ ।

तर सबै महिलाहरुले त्यस्तो किसिमको छुट्टी लिन भने पाउने छैनन् । त्यस्ता महिला कर्मचारीले डाइसमनोरिया भएको मेडिकल प्रमाणपत्र पनि रोगजारदातालाई बुझाउनुपर्नेछ । साथै त्यस प्रकारको मेडिकल प्रमाणपत्र प्रत्येक वर्ष नविकरण पनि हुनुपर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्