ऋण असुलि गर्न साँगितिक दवाब अभियान



बिष्णुकुमार देवकोटा
दाङ ।
बैंक तथा बित्तिय संस्थाहरुले खराब ऋणिहरुसंग ऋण असुलि गर्न ऋणिहरुको तीन पुस्ते सहित भाका नाघेको ऋण तिर्न आउनेबारे को सूचना जारी गरेको तपाईहामिलाई त थाहै छ तर दाङको एक सहकारी संस्थाले ऋण असुलि गर्न साँगितिक घरदैलो सुरुगरेको छ ।


घोराही उपमहानगरपालिका वडा नं १४मा रहेको जलजला वचत तथा ऋण सहकारी संस्थाले युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको ऋण असुलि गर्न अलि फरक तरीका अपनाएको संस्थाका अध्यक्ष कृतिमान बुढाले जानकारी दिनुभयो ।

एक हजार सेयर सदस्य रहेको संस्था विभिन्न व्यक्तिहरुलाई युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ६७ लाख ५० हजार रुपैयाँ लगानि गरेको छ ।


ऋण तिर्ने भाका कबोल गरेको म्याद नाघेपछि सामाजिक अभियान स्वरुप अभियान सुरुगरिएको सहकारीले जनाएको छ ।
६७ लाख ५० हजार रुपैयाँ लाई जनही २ लाखका दरले कृषि क्षेत्रमा लगानि गरेको सहकारीको ४० लाख रुपैयाँ ठ्न बाँकि रहेको बताईएकाचे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्