अपराध

ब्राउन सुगरको कारोबार गर्ने दम्पती पक्राउ

By थाहा अनलाइन

January 04, 2019

लागुऔषध ब्राउन सुगरको कारोबार गर्ने गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ निवासी ३१ बर्षीय विकास गुरुङ र २० बर्षीया उनका श्रीमती सेञ्जल लिम्बु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा अर्जुनधारा नगरपालिका ६ स्थित पुष्पलाल चोकमा डेरा गरी बस्ने दम्पतीलाई कोठाबाट शुक्रवार दिउँसो पक्राउ गरेको हो। प्रहरीले उनीहरुका साथबाट २४।७१ ग्राम ब्राउन सुगर र नगद बरामद गरेको छ।

पक्राउ परेका दम्पतीले ब्राउन सुगर सेवन गर्नुका साथै कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ। यता पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ।