काठमाडौं । ‘दिलमा घाउ’ बोलको गीतको सुटिङ्ग सकिएको छ । गीतको काठमाडौंका विभिन्न स्थानमा छायाँङ्कन गरिएको निर्माण यूनिटले जानकारी दिएको छ ।
विभिन्न गीतहरुमा निर्देशन गरिसकेका उमेश गुरुङ्गले यस गीतको पनि निर्देशन गरेका हुन् । गीतमा स्वर दिपा गुरुङ्गले दिएकी छिन् भने शब्द मुन राना मगरका रहेका छन् ।
गीतको क्यामरा पर्सनको रुपमा सनु चालिसे, मोडलहरु माया रामजली, निर आले र बिमला बुढाथोकी रहेको निर्माण यूनिटले जानकारी दिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।