यस्ता निर्णय गदै सकियो विप्लबको बैठक……



विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक सम्मन्न भएको छ । पश्चिम नेपालको सुदुर गाउँमा बसेको बैठकमा महत्वपूर्ण निर्णय लिइएको बताइएको छ ।

पार्टीले चलाएको अभियानको जनतामा सकारात्मक प्रभाव परेको मुल्यांकन गर्दै बैठकले देशभर चलाइएकोअभियानलाई तिब्रता दिन केन्द्रिय नेताहरुलाई थप जिम्मेवारी दिइएको छ ।

बैठकले विभिन्न जनवर्गीय संगठनमा देखा परेका समस्याहरुलाई आवश्यक छलफलगरी हल गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार बैठकमा पत्रकार संगठन र स्वास्थ्य संगठनमा देखा परेका समस्यालाई अनुसन्धान गरी हल गर्ने निर्णय गरिएको छ ।

एक केन्द्रिय सदस्यका अनुसार पत्रकार संगठन र स्वास्थ्य संगठनमा देखिएका समस्या बारे आगामी केन्द्रिय समितिको बैठकमा ब्यापक छलफल हुनेछ ।

त्यस्तै स्वास्थ्य संगठनमा देखिएको समस्याका बारेमा पनि आगामी केन्द्रिय समिति बैठकमा छलफल हुनेछ ।

त्यस्तै बैठकमा सरकार नेकपाबीच चलको वार्ता बारे पनि छलफल भएको जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्