तुलसीपुरमा सुरक्षा चुनौति प्रमुख समस्या हो व्यवसायी



सैघाली खबर
दाङ ,साउन २४ । तुलसीपुर उपमहानगरपालीकाको आसन्न नगरसभालाई परिणाममुखि वनाउन विभिन्न निकायहरुसंग निरन्तर छलफल एवं सुझाव संकलन कार्यलाई तृब्रता दिएको छ । उपमहानगरपालीकाले मंगलवार यस क्षेत्रका व्यवसायीक अगुवाहरु संग विभिन्न विषयमा छलफल एवं उपमहानगरपालीकालाई नमूना , सुरक्षीत र सफा राख्न यस क्षेत्रका व्यवसायीहरुको महात्वपूर्ण भुमिका र सहयोग हुनु पर्ने भन्दै छलफल कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा वोल्ने वक्ताहरुले तुलसीपुरमा मिनि औद्योगिक क्षेत्रको व्यवस्थापन गर्नु पर्ने , यस क्षेत्रमा देखिएको सुरक्षा चुनौति , पार्किङ व्यवस्थापन तथा फोहोर व्यवस्थापन गर्न सम्पूर्ण व्यवसायी र घनधनिहरु संग अनिवार्य रुपमा फोहोर व्यवस्थापन कर संकलन गर्नु पर्ने वताएका छन् ।


कार्यक्रममा वोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावत ले यस क्षेत्रको व्यवसायीक सुरक्षा लगानीको वातावरण र व्यवसायीहरुलाई करको दायरा अलि फराकिलो र व्यवस्थित वनाउनु पर्ने वताउनु भयो । उहांले जि।वि।स।को नाममा उठाईने अनावस्यक करका कारण व्यवसायीहरु मर्कामा परेको भन्दै तत्काल गैरकानूनी हिसावले उठाउदै आएको करहरु वन्द गर्नु पर्ने धारणा राख्नु भयो । त्यसै गरी कार्यक्रममा वोल्दै संघका निवर्तमान अध्यक्ष विमल रिजालले सरसफाई अभियानले यस क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै उपमहानगरपालीकाले निरन्तरता दिनु पर्ने वताउनु भयो । उहाले डम्पिङसाईडको तत्काल व्यवस्थापन , पार्किङका साथै सडक वत्ती र वजार व्यवस्थापनमा ध्यानदिनु पर्ने वताउनु भयो । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापन अध्यक्ष डिल्ली वहादुर वस्नेत, पूर्व अध्यक्षहरु गणेश प्रेम श्रेष्ठ, चिरन्जीवी रिजाल, हेमन्त कुमार रिजाल, सल्लाहकार सुरेश हमाल,वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालिसे, महासचिव रुप वहादुर खत्री व्यवसायीहरु टेक राम खड्का , मोहन न्यौपाने , खगेन्द्र प्रसाद पोखरेल, पवित्रा के।सी। , विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वली, नेपाल सरकारका पूर्व सचिव रमेश अधिकारी लगायतले तुलसीपुरलाई स्मार्ट सिटी वनाउन आवश्यक पर्ने पूर्वाधारको वारेमा सुझाव दिनु भएको छ । सो अवसरमा वोल्दै मेयर घनश्याम पाण्डेले तुलसीपुरलाई नमूना नगर वनाउन सबैले आफ्नो क्षेत्रवाट सहयोग गर्नु पर्ने वताउनु भएको छ । मेयर पाण्डेले अव्यवस्थित वसोवास , यस क्षेत्रमा हुने अनौपचारिक कारोवार, चर्को व्यज असुली गर्ने गिरोहको परिचान गरी तत्काल कानूनी दायरामा ल्याउने समेत आफूले तयारी गरेको जानकारी दिनु भयो । मेयर पाण्डेले यस क्षेत्रमा देखिएको सुरक्षा चुनौतिका वारेमा आफू गम्भिर रहेको भन्दै यसको व्यवस्थापनका लागि आफूले पहल गर्ने आश्वासन समेत व्यवसायीहरुलाई दिनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्