पुष २१ गते शनिबारको राशीफल



विक्रमसम्वत २०७५ साल पुष २१ गते शनिबार नेपाल सम्बत ११३९ थिंल्लागा तदनुसार सन् २०१९ जनवरी ५ तारिक कृष्णपक्ष औसी तिथि २२ गते विहान ६ वजेर १३ मिनेटसम्म उप्रान्त शुुक्लपक्ष प्रतिपदा तिथि,मूल नक्षत्र अपरान्ह ३ वजेर २१ मिनेटसम्म उप्रान्त पूर्वषाढा नक्षत्र, ध्रुवयोग,चतुष्पदकरण,आनन्दादियोग गद,सूर्य धनु राशीमा,चन्द्रमा पनि धनु राशीमा । शुक्र पूर्व,चन्द्रमा पूर्व,काल राहु पूर्व र पाश पश्चिम,योगिनी ईशान्य दिशामा रहने छन् । चन्द्रमा बाहेक यी कुनै पनि सम्मुख पारेर काम गर्नु शुभ मानिन्न ।

मेषः– समय सुधारोन्मुख देखिन्छ । काम गर्दा इज्जत प्रतिष्ठाको ख्याल राखेर गर्नु होला । आफ्ना काम भन्दा अरुका काम बढि हुनेछन् तर काम गरेर जश कम मिल्नेछ । लाभदायक यात्राको सम्भावना देखिन्छ । अरुको भरमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । आस्था र विश्वास बढ्नेछ ।

वृषः– समयले साथ दिने छैन । दुःख कष्ट हैरानी बढि हुनेछ । काम गर्दा विचार पु¥याउन सकिएन भने रित्तो हात फर्कनु पर्ला । परिवारमा समस्या बढ्न सक्छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वास र भरोसामा काम गर्न सकिने छैन । वेइमानको हातमा धन पर्न सक्छ सतर्क रहनुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुनः– समयले सामान्य साथ दिनेछ । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । कुरा भन्दा काममा ध्यान दिनुहोला । काम अनुसारको दाम हातमा पर्नेछ । देखिने शत्रु भन्दा नदेखिएका शत्रु बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । यात्राको सम्भावना देखिन्छ ।

कर्कटः– साझेदारी भन्दा एक्लौटि व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । तनावले छोड्ने छैन । आहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । ऋण लगानीमा जोड नदिनु होला । व्यापार बढ्नेछ । काममा प्रतिश्पर्धा गर्नु पर्नेछ । विरोधीको सक्रियता बढ्नेछ । काम गर्दा गोपनियता अप्नाउनु होला ।

सिंहः– दोमन गरेर काम नगर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफुले लिने ठाँउ अरुले लिनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । उच्चमनोबलका साथ काममा लाग्नु होला थोरै सफलता मिल्नेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । आफन्तको सहयोग अल्प मिल्नेछ ।

कन्याः–शरीरि एवं मानसिक दूर्वलता बढ्नेछ । घरका समस्या बढ्ने छन् । अनावस्यक खर्च बढ्नेछ । विवाद रहित काम गर्न सकिने छैन । आफुमा भएको उर्जाको सदुपयोग गर्न सकिने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वास र भरोसा टुट्नेछ । मनमा शान्ति मिल्ने छैन । घर डेराको समस्या पर्न सक्छ ।

तुलाः– काम गर्ने जोश जागर बढ्नेछ । उच्च व्यक्तित्वको सुझाव सल्लाहमा काम गर्दा राम्रै हुनेछ । आफ्नै प्रयत्नबाट धेरै काम सम्पादन हुनेछन् अर्थोपाजन हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । साथि भाई इष्टमित्रबाट सहयोग प्राप्त होला । भ्रमलाई चिरेर काम गर्नु होला । घरका समस्याबाट मुक्ति मिल्ने छैन ।

वृश्चिकः– आर्थिक लगानीमा जोड नदिनु होला । धन दिएमा फिर्ता नहुन सक्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । आफन्तबाट नै विश्वास घात हुन सक्छ । कहि कतैबाट भाग्य खोने प्रयत्न हुनसक्छ सतर्क भएर काम गर्नु होला । मान्य जनको सुझाव सहयोग र आशिर्वाद लिएर काम गर्नु होला ।

धनुः– समयमा सुधार आउनेछ । काममा देखिएका समस्या कम हुनेछन् । मनोरञ्जनात्मक काममा खर्च ज्यादा हुनेछ । अरुको भर नपर्नु होला । वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन् । भोज भतेरको निम्तो आउन सक्छ । स्पष्ट बोल्दा घाटा हुनेछ । कार्य गोपनियता अप्नाएर काम गर्नु होला । धन दिएर शत्रु नबढाउनु होला ।

मकरः– काम गर्ने विश्वासिलो बातावरण बन्ने छैन । दूर्जनले दुःख दिनेछन् । पारिवारिक समस्या बढ्नेछन् । व्यर्थका काममा समय खर्च हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । फजुल खर्च बढ्नेछ । झुट्टा आरोप लाग्न सक्छ । जोखिम मोलेर काम नगर्नु होला ।

कुम्भः– समयले साथ दिनेछ । हिजो विरोध गर्ने आज मित्र बनेर आउने छन् । आफन्तका कारण लाभान्वित हुनुहुनेछ । काममा ढिला सुस्ति नगर्नु होला समयमा गरेका काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ क्षेत्र देखिने छन् । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । मांगलिक काम हुनेछन् ।

मिनः– गतिरोधको अन्त्य हुनेछ । सक्रियताले सफलताको शिखर चढन पाईनेछ । कुटनैतिक विधि अप्नाएर अगाडि बढ्नु होला । सहज र सरल विधिबाट कार्य योजना अगाडि बढ्ने छन् । सहयोगी हात भेटिने छन् । काम गरेर प्रशस्त धन कमाउने योग देखिन्छ । परिवारबाट सहयोग पाईनेछ । सामाजिक काममा सक्रियता बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्