क्यान्सर रोगीलाई ५ लाख : प्रचण्ड



काठमाडौ । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्सर रोगीहरुलाई दिँइदै आएको आर्थिक सहायता बढाएर ५ लाख रूपैयाँ पुर्‍याइने बताएका छन् । अध्यक्ष प्रचण्डले क्यान्सर रोगीहरुलाई सरकारले दिँदै आएको एक लाख सहायता कम भएको भन्दै त्यसलाई बढाएर ५ लाख पुर्‍याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शुक्रबार भक्तपुरमा नेपाल अर्बुद रोग निवारण संस्थाको २८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले क्यान्सर रोगको उपचारमा प्रयोग हुने उपकरण राख्ने बंकर स्थापनाका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकार समक्ष पहल गर्ने जानकारी दिए । यस संस्थाले क्यान्सर रोगको उपचारका लागि प्रयोगमा ल्याइने उपकरण राख्ने बंकर बनाउन चार करोड बजेटको माग सरकारसँग गरेको  छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्