खानपानमा हामी दिनहुँ गर्छौं यी ६ गल्ती, जो रोगको कारण बन्छ



खानपान सम्बन्धी केही प्रचलित मान्यता छ । ‘खान खान जानेमा औषधी, नजाने विष ।’ ‘जति मानिस खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर ।’

खाना वास्तवममा भोक मेट्ने चिज मात्र होइन । यो समग्र स्वास्थ्यसँग जोडिएको कुरा हो । खाना कस्तो खाने, के खाने, कसरी खाने भन्ने कुराले समेत स्वास्थ्यमा ठूलो फरक पार्छ ।

त्यही खाना, जो ओखती बन्छ । त्यही खाना, जो विष बन्छ । फरक यति मात्र हो, उक्त खानालाई बनाउन र खाने शैली ।

कस्तो खाना खाने र कसरी खाने भन्ने सन्दर्भमा सदियौंदेखि विभिन्न संस्कारको विकास भएको छ । भूगोल, हावापानी र समुदाय अनुसार उनीहरुले खाने खाना र खाने शैलीमा विविधता छ ।

खानासँग संस्कार र संस्कृति पनि जोडिएको हुन्छ । नेपाली खानाका परिकार पनि जात र स्थानविशेष छन् । खाना खाने शैलीमा भने करिब एकरुपता पाइन्छ ।

अक्सर हाम्रो खानपान शैली त्यती स्वस्थ्यकर मानिदैन । खाना खाने क्रममा हाम्रो ध्याउन्न दुई वटा कुरामा मात्र हुन्छ । एक जिब्रोको स्वाद । अर्को, पेट भर्ने । जबकी दुबै कुराले स्वास्थ्यलाई बेवास्ता गर्छ । महत्वपूर्ण कुरा त के भने, खाना भनेको स्वास्थ्यका लागि हो ।

हामी खाना खाने क्रममा धेरै गल्ती दोहोर्‍याइरहेका हुन्छौं । त्यही गल्ती, जसले अपच हुने, ग्याष्ट्रिक हुने मात्र होइन शरीरलाई दिनदिनै रोगी बनाइरहेको पनि हुन्छ ।

गल्ती नं. १

भाडा माझ्नु भनेको भाँडामो भएको जुठो मात्र सफा गर्नु होइन । त्यहाँभित्रका किटाणु र विषाक्त पदार्थहरु हटाउनु पनि हो ।

खाना पस्कने क्रममा तरकारी, दाल, अचार र दही कचौरामा राखिन्छ । र, भुँईमा भएको कचौरा पछि थालमा राखेर दिने गरिन्छ । यसो गर्दा भुँईबाट कचौराको पिँधमा सरेको फोहोर र किटाणु हाम्रो खानामा आइपुग्छ । यस्तो तरिकाले खाना पस्कने बानीले हामीलाई रोगी बनाउन सक्छ ।

गल्ती नं. २

नेपाली प्रचलनअनुसार खानासँगै दही, दुध, फलफूल, मिठाई, पापड लगायतका अन्य खानेकुरा खाने गरिन्छ ।

यसो गर्नुको साटो दाल, भात, तरकारी, अचारको सेवनपछि वाँकी खाने कुरालाई स्न्याक्सको रुपमा लिदा राम्रो हुन्छ । यसले गर्दा ग्यासट्राइटिस, मधुमेह, उच्च वा कम रक्तचाप नियन्त्रण गर्नमा पनि पदत पुग्छ ।

गल्ती नं. ३

हामीले खानामा भातसँगै तरकारी, दाल, अचार आदिको प्रयोग गर्छौं । तर, हामीले मात्रको बढी सेवन गर्छौ र अन्य परिकारहरु निकै कम ।

भात बढी खानु स्वस्थकर मानिदैन । किनकी बढी भातले शरीरमा क्यालोरिको मात्रा बढ्छ । जसले गर्दा मोटोपना, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोललगायतका समस्या हुने गर्छ । सबै परिकारको मात्रा बरावर गरेर खानु स्वस्थकर हुन्छ ।

गल्ती नं. ३

खानेपानी अभावको कारण शहरी क्षेत्रमा जारको पानी प्रयोग गरिन्छ । तर, चामल र तरकारी पखाल्नको लागि भने धाराको पानी नै प्रयोग गरिन्छ ।

कतिपय किटाणु खाना पकाउने बेला नष्ट हुने गर्छ । पानीमा भएको आर्सेनिक, मक्यूरी जस्ता हेभि मेटलहरु पनि खानामै रहिरहन्छ । यस्तो पदार्थ लामो समय प्रयोग गर्दा स्वास्थ्यमा प्रलिकुल असर पर्ने गर्छ ।

गल्ती नं. ४

बिरामीलाई भेट्न जादा प्याकेटको जुुस लाने प्रचलन बढी छ । खरिद गर्न र बोक्न पनि सहज हुने भएकाले प्रायले प्याकेटको तयारी जुस प्रयोग गर्छन् ।
तर, प्राय जुसमा फलफुलको मात्रा कम र चिनी, पानी, ˆलेभर र अन्य केमिकलको मात्रा बढी हुन्छ । त्यसैले विरामीको स्वास्थ्यका लदागि फलफुल वा फ्रेस जुस लिएर पुग्दा राम्रो हुन्छ । यस्तो जुस वा फलफुलको प्रयोगले विरामीको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने काम गर्छ ।

गल्ती नं. ५

बढ्दो शहरिकरणसँगै बच्चा देखि बुढासम्मले खाजाको रुपमा चाउचाउ विस्कुट दैनिक रुपमा सेवन गर्ने प्रचलन हावी हुँदै छ । विस्कुत र चाउचाउ भनेको प्रशोधित अन्न हो ।

यसमा तेल, चिनी र नुनको मात्रा पनि अत्याधिक हुन्छ । जसले स्वास्थ्यमा प्रतिकुल असर पुर्‍याउँछ । बरु यसको विकल्पमा चिउरा, चना, कर्नफ्लेक्स, सातु, कोदो तथा फापरको परिकार प्रयोग गर्दा स्वस्थकर हुन्छ ।

गल्ती नं. ६

मधुमेह लागेको मानिसले सुगर फ्रि विस्कुट प्रयोग गर्छन् । यस्तो विस्कुट जति बढी खाए पनि स्वास्थ्यमा कुनै स्वास्थ्यमा त्यति असर पुग्दैन भन्ने मान्यता छ । जुन गलत हो । यस्तो विस्कुटमा पनि काब्रोहाइड्रेट हुन्छ । जुन शरिरमा प्रवेश गरेपछि ग्लुकोज बन्छ र रगतमा चिनीको मात्रा बढाउँछ ।

त्यतिमात्र नभएर यो व्याड कोलेस्ट्रोलको रुपमा पनि विकास हुन्छ । परिणाम मुटु रोगको सम्भावना पनि बढाएर लैजान्छ । त्यसैले, सुगर फ्रि विस्कुटको सेवन गर्दा पनि विशेष सावधानी अपनाउन जरुरी हुन्छ ।

 onlinekhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्