बंगलाचुलीमा माहायज्ञको हिसाव विवरण सार्वजनीक सुनुवाई मार्फत सार्वजनीक



दाङ,

दाङको बंगलाचुली गाउँपालिका ५ सुधामावी झेलनेटामा प्राविधिक शिक्षालय स्थापनार्थ संचालन भएको माहायज्ञको हिसाव विवरण शुक्रबार सार्वजनीक गरिएको छ । महाँयज्ञ मुल समारोह समितिले सार्वजनीक सुनुवाई मार्फत सम्पुर्ण विवरण सार्वजनीक गरेको हो ।

कार्तिक १३ देखि २१ सम्म संचालन भएको महायज्ञ बाट १ करोड ८४ लाख ६१ हजार ८ सय ३ रुपैयाँ आर्थिक संकलन भएको महायज्ञ अर्थ समितिका संयोजक भक्त बहादुर जी.सीले जानकारी दिनुभयो ।

जस मध्यबाट ४८ लाख ५३ हजार ९ सय ७५ रुपैयाँ महायज्ञको विभिन्न व्यवस्थापनमा खर्च भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञबाट संकलीत नगद ,जिन्सी,वागदान लगाएतलाई हीसाव गर्दा १ करोड ७८ हजार २८ रुपैयाँ खुद वचत हुन आएको जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष साथै महायज्ञ मुल समारोह समितिका संयोजक ऐनुराज खत्रीको अध्यक्षता एवं वंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीको प्रमुख आथिथ्यमा सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले बंगलाचुली गाउँपालिकाको समानुपातिक विकासका लागि स्थानीय सरकारले विभिन्न विकास निर्माणका कामहरुलाई विकेन्द्रीकृत ढंगबाट लगेको बताउनु भयो । अध्यक्ष ओलीले वडा नम्वर ३ मा अस्पत्ताल, ४ खेलकुद मैदान ,२ बहुउद्देश्यि सभाहल, ५ मा प्राविधिक शिक्षालय,७ र ८ मा कृषि स्मार्ट भ्लेज जस्ता कार्यक्रम लीएर गाउँपालिकाले समानुपातिक विकासको झल्को दिन सुरु गरेको जानकारी दिनुभयो ।

उहाँले सुधामावीमा संचालन हुने कृषि प्राविधिक शिक्षालयलाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने समेत जानकारी गराउनु भयो । यस्तै कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले कृषि प्राविधिक शिक्षालय संचालनका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो ।

प्राविधिक शिक्षा एक्लै कसैले पनि संचालन गर्न नसक्ने बताउँदै यसको विकाका लागि यस क्षेत्रका शिक्षा प्रेमीहरुको लगावको खाँचो औल्याउनु भयो । कार्यक्रममा गामहायज्ञ अर्थ समितिका संयोजक भक्त बहादुर जी.सीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सुधा मा.वि झेलनेटाका शिक्षक शेर बहादुर से.सीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सहजी करण विद्यालयका प्रधानाध्यापक वावुराम पौडेलले गर्नु भएको थियो ।

प्राविधीक शिक्षलय स्थापनाको लागि प्रक्रिया अगाडी बढ्दै

यैविच सुधा माविमा प्राविधीक शिक्षलय स्थापनाको लागि कागजी प्रक्रिया अगाडी बढाईएको छ ।

महायज्ञ पछि प्राविधिक शिक्षलय संचालनका लागि स्वीकृती लिनको लागि शिक्षा मन्त्रालय,सिटीईभिटी लगाएका स्थानमा यसको दर्ता प्रक्रिया अघि बढीसकेको बताईएको छ ।

प्राविधिक शिक्षालय संचालनका लागि आवश्यक पर्ने ३० लाख धरौटी समेत महायज्ञ बाट संकलित रकम बाट राखीएको अर्थ समितिका संयोजक भक्त बहादुर जी.सीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्