झुण्डाइएको अवस्थामा भेटिए नेपाल बैंकका प्रवन्धक बर्मा



सैघाली खबर

दाङ साउन २४ । बर्दियाको नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रवन्धक प्रमोद बर्मा सोमबार झुण्डाइएको अवस्थामा बाँकेको अगैया जंगलमा भेटिएका छन् । तीन दिनदेखि सम्पर्कविहीन भएका बर्मा मृत अवस्थामा अगैया जंगलमा भेटिएका हुन् ।

दाङ जिल्लाको घोराही निवासी बर्मालाई अगैया जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार उनले प्रयोग गर्ने रा २ प १६८० नम्बरको मोटरसाइकल पनि झुण्डिएको स्थान नजिकै फेला परेको छ ।

प्रहरीका अनुसार बर्माको शरीरभरि नीलडाम देखिएका छन् । कुटपिटपछि हत्या गरिएको र हत्यापछि झुण्डाइएको आशंका परिवारजनले गरेका छन् । बर्माको शवलाई सोमबार भेरी अञ्चल अस्पतालमा पोष्टमार्टम गरिएको छ । पत्रकार पार्वती बस्नेतका श्रीमान समेत रहेका बर्माको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्