संघीय समाजवादी फोरममा पार्टी प्रवेश गर्ने बढे



सुरज मेघनाथ, महेन्द्र सिंह,
बाँके । नेपालगञ्जको त्रिभुवन चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि संघिय समाजवादी फोरम नेपालमा पार्टी प्रवेश गरेका छन् ।

उक्त प्रवेश कार्यक्रम संघिय समाजवादी फोरम बाँकेका जिल्ला अध्यक्ष कमरुद्दिन राईको सभापतित्व र संघिय समाजवादी फोरमका केन्द्रिय सचिव तथा शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

र विभिन्न पार्टी परित्याग गरि सघिय समाज वादी फोरम नेपालमा पार्टी प्रवेश गर्ने को सख्या ३००० बढी थिए । संघिय समाजवादी फोरम नेपालकी प्रदेश नम्वर ५ की कोषाध्यक्ष अबिका काफले, पार्टीका जिल्ला सदस्य सब्बीर अन्सारी, समाज वादी महिला फोरमकी जिल्ला अध्यक्ष उषा गौतम, उपाष्यक्ष मिना बुढा क्षेत्री, समाज वादी विद्यार्थी फोरमका फैज हलुवाइ, सवजित वर्मा,राज कष्याप,हक बहादुर गुरुङ्ग,जाकीर अली कवडीया,अब्दुल अजिजि हलुवाइ र गोल्ड कलबका सञ्चालक राकेश शाह सहितको कार्याकरम समपन गरियो ।

कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले अब कुनै पनि जातजाति र धर्मका नाममा पनि राजनिति गर्न नहुने कुरामा जोड दिनु भएको थियो ।

साथै उहाँले अब बचेका ४ बर्षमा “आउनुहोस सबै मिलेर विकासका लागि मात्रै हातेमालो गरौं, कुनै राजनितिकालागि हातेमालो नगरौं” भन्नुभयो ।
पछि आफनो ईच्छा अनुसारको पार्टी रोज्न समेत सकिने तर अहिले विकासका नाममा राजनिति नगर्न समेत सवैमा आग्रह गर्नु भएको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्