डन्डीफोर र छालाको चायाको लागि निकै उपयोगी छ सुपारी…



सुपारी एक औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो । सुपारीलाई विभिन्न कार्यमा प्रयोजन गर्ने गरिन्छ । हिन्दु घर्ममा सिङ्गो सुपारीलाई हिन्दु देवता गणेशको रुपमा पुजा आराधना गरिन्छ ।

सुपारीलाई औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसको सेवनले पेटको ग्याष्ट्रिक, सुजन लगायतका रोगहरु निको हुन्छ । यसमा कार्वोहाईड्रेट, प्रोटिन, मिनरल्स लगायतका तत्वहरु हुन्छ । आज हामी सुपारीको फाइदाबारे जानकारी दिन गईरहेका छौँ ।

१. डण्डिफोर र छालाको चायामा
फिट्कीरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठीक हुन्छ ।

२. चाँडै पकाउनु परेमा
कुनै तरकारी जति पकाए पनि नपाक्ने भएमा २–३ टुक्रा सुपारी कुटेर हालिदिएमा चाँडै पाक्छ ।

३. घाउ खटिरामा
घाउ खटिरा आएमा सुपारी घोटेर लगाउनाले छिटो निको हुन्छ ।

४. पेट दुखेमा
सुपारी कुटेर पानीमा पकाएर पानी पिएमा पेट बान्छ र दिशा लाग्न बन्द हुन्छ ।

५. दाँत सड्न बचाउँछ
सुपारीको सेवनले दाँत सड्न बचाउँछ । यसमा हुने एन्टी ब्याक्टेरियल तत्वले मन्जनको काम गर्छ । दाँतमा किरा लागेमा सुपारी जलाएर त्यसको पाउडर लगाउनुहोस् ।

६. डायविटिज भएमा
डायविटिजको विरामीले एक टुक्रा सुपारी टोकिरहनाले फाइदा मिल्छ । डायविटिजको बिरामीको मुख सुक्ने समस्या हुन्छ । यस्तो बेला सुपारी मुखमा हुँदा मुख सुक्दैन ।

७. डिप्रेशन
सुपारी खानाले स्नायु तन्तु उत्तेजित हुन्छ । यसका अलावा सुपारी चपाउनाले तनाव महशुस हुँदैन र डिप्रेशन हुन दिँदैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्