संगीत के हो भनेर बुझ्नै नबुझेका रविन्द्र वादी, सुनिल बादी र बिकास बादीले एकै साथ एकै स्वरमा गीत गाउने गर्दछन् । उनीहरुले गरिबीको कारण स्कुलपनि पढ्न पाएका छैनन् । तर उनीहरुको गायक बन्ने इच्छा छ ।
स्वर पनि सुमधुर छ । तर कसले दिने उनीहरुलाई अवसर ? अन्य ५ जना पनिसँगै डाडाँमा बसेर गीत गाउँन सिक्ने गरेको उनीहरुले जानकारी दिएकाछन् ।
भिडियो हेर्नुहोस्
घरमा बुवा आमाले कमाइ गर्ने जग्गा पनि नभए पछि खानकै लागि खर्च जुटाउन गीत गाउने गरेको उनीहरुको भनाई छ ।
घरमा आवश्यक पर्ने चामल पिठोहरु जुटाउन गीत गाउँन टाढा टाढा सम्म पुग्ने उनीहरुले जानकारी दिएका छन् । आठ जनालले गीत गएर घरको खर्च टार्ने गरेको पनि उनीहरुले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।