पतिको यौन प्रस्ताव बाहाना बनाएर टार्ने यी महिलालाई आयो यस्तो इमेल



व्यवसायिक कामको लागि बाहिर जान लागेकी एक महिला त्यतिबेला निकै चिन्तित भइन् जब उनी घरबाट हिँडेको केही बेरमै उनका पतिको इमेल आयो । यो इमेलमा उनका पतिले एउटा एक्सेल शिटमा पठाएको थिए ।

त्यसमा कारणसहित सबै विवरण थियो कि महिलाले कहिले के बहाना बनाएर उनीसँग यौन सम्बन्धको लागि अस्वीकार गरेकी थिइन् । यो देखेर चिन्तित महिलाले त्यो सबै सामाजिक संजालमा शेयर गरिदिइन् ।

४ वर्ष पहिलेको यो पोस्ट अहिले निकै भाइरल भइरहेको छ । पतिले पठाएको विवरणअनुसार तीन महिनामा उनले पत्नीसँग २७ पटक यौन प्रस्ताव राखेका थिए जसमध्ये उनले ३ पटक मात्र मानेकी थिइन् ।

बाँकी २४ पटक उनले फरक फरक कारण देखाउँदै यौन प्रस्ताव अस्वीकार गरेकी थिइन् । केही पटक भने पत्नीले बिना कारण पनि प्रस्ताव अस्वीकार गरेकी थिइन् ।

महिलाका अनुसार उनले आफ्ना पतिको यस्तो खराब, असामान्य र रिसाहा रुप कहिल्यै देखेकी थिइनन् । इमेल पाउनासाथ उनले पतिलाई ३–४ पटक फोन पनि गरिन् तर उनले फोन उठाएनन् ।

त्यसपछि महिला गन्तव्यमा पुगिन् । त्यहाँ पुगेपछि पनि उनले २ पटक फोन गरिन् तर पतिले जवाफ दिएनन् । त्यसपछि उनले म्यासेज गरेर पतिलाई समय मिल्नासाथ आफूसँग कुरा गर्न भनिन् तर पनि पतिले कुनै जवाफ दिएनन् ।

२६ वर्षकी ती महिलाका अनुसार उनीहरु ५ वर्षदेखि संगै थिए । २ वर्ष पहिले उनीहरुको बिहे भएको थियो । उनीहरुले ५ महिना पहिले मात्र नयाँ घर किनेका थिए । नयाँ घर किनेका कारण उनी निकै व्यस्त भएकी थिइन् जसका कारण यौन सम्बन्धको लागि समय निकाल्न निकै मुस्किल भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्