परराष्ट्रमन्त्री महराले परराष्ट्र मन्त्रालयको कार्यशैली सुधार र प्रभावकारिताका लागि योजना सार्वजनिक गरे



सैघाली खबर,
काठमाडौं २४ , साउन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले परराष्ट्र मन्त्रालयको कार्यशैली सुधार र प्रभावकारिताका लागि तत्कालीन योजना सार्वजनिक गरेका छन् । ‘मौलिक, स्वतन्त्र र स्वाधीन नेपाली परराष्ट्र नीति १ अन्तर्राष्ट्रिय सम्मान र राष्ट्रिय समृद्धिका लागि कूटनीति ११’ नारासहित उनले सुधार कार्ययोजना ल्याएका हुन् ।

परराष्ट्रको संरचनात्मक सुधारका लागि मन्त्रालयमा नियमित रूपमा समसामयिक र परराष्ट्र नीतिका दृष्टिबाट महत्त्वपूर्ण विषयमा अन्तक्र्रिया गराउने, थिंक ट्यांकको स्तरोन्नति गर्ने, परराष्ट्र सेवा ऐन ल्याएर कार्यान्वयन गर्ने, खाडीका दूतावासलाई चुस्त र अब्बल बनाउनेलगायत विषय कार्ययोजनामा समेटिएका छन् ।

‘अन्तर्राष्ट्रियस्तरमा नेपालको सम्मान र प्रतिष्ठा अझ माथि उठाउने र समृद्ध नेपालका लागि आर्थिक कूटनीति प्रभावकारी रूपमा सञ्चालन गर्न परराष्ट्रको कार्यशैली सुधार अहिलेको प्रमुख लक्ष्य हो,’ उपप्रधानमन्त्री महराले सोमबार आयोजित पत्रकार सम्मलेनमा भने, ‘दुवै छिमेकी मुलुकसँग हालैका वर्षमा सम्पन्न गरिएका सन्धिसम्झौता र समझदारीे कार्यान्वयनदेखि मन्त्रालयको उपस्थिति गर्विलो बनाउनेसम्मका योजना छन्, यो मुलुकको सर्वोपरि हितलाई हेरेर तयार गरिएको छ ।’

चीन सरकारसँग हस्ताक्षर गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स ९बीआरआई० बाट मुलुकले अधिकतम लाभ लिन अन्तरमन्त्रालय वा निकाय संयन्त्रलाई सक्रिय बनाई ठोस अधिकार र जिम्मेवारी दिइने उनले बताए ।

उक्त संयन्त्र अघिल्लो सरकारका समयमा बनेको भए पनि यसको बैठकसमेत बस्न नसकेको अवस्थामा उनको सुधार योजनामा परेको हो । विदेशस्थित कूटनीतिक नियोगबाट नियमित प्रतिवेदन लिने र राजदूतको गतिविधिबारे मूल्यांकन गर्नेजस्ता विषयमा अध्ययन गर्ने भनिएको छ । महराले नेपालले पछिल्लो दशकमा हासिल गरेको मौलिक र उदाहरणीय उपलब्धिलाई विश्वव्यापी रूपमा स्थापित गर्न समेत पहल गर्ने विषय पनि कार्ययोजनामा समेटेका छन् ।

कार्ययोजनामा त्रिदेशीय ९चीन, नेपाल र भारत० सम्बन्ध विस्तार गर्ने विषय पनि छ । मन्त्रालयका अधिकारीहरूको कार्यक्षमता वृद्धिमा जोड दिने र अन्तर्राष्ट्रिय भाषाबाहेक राष्ट्रसंघले प्रयोग गर्ने अर्को एक भाषा अनिवार्य अध्ययन गर्नुपर्ने विषयमा पनि उल्लेख छ । मन्त्रालयमा नेपाली र अंग्रेजीपछि अन्य भाषामा दख्खल राख्ने अर्थात् दोभासेको काम गर्न सक्ने जनशक्ति अझै छैन ।

मन्त्रालयमा सहसचिवको दरबन्दी थप गर्नका लागि ‘इन्फर्मेसन एन्ड पब्लिक डिप्लोम्यासी’ को छुट्टै महाशाखा बनाउने पनि तयारी छ । अहिले भएका सहसचिवलाई काम नपुगेको अवस्थामा अर्को महाशाखाको तयारीस्वरूप यो धारणा मन्त्रीमार्फत बाहिर आएको हो । नेपालले राष्ट्रसंघमा सदस्य रहेका सबै मुलुकसँग कूटनीतिक सम्बन्ध राख्दै जाने बताइएको छ ।

‘भोट कूटनीति’ अन्तर्गत नेपालले पछिल्लोपटक आधा दर्जन मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गर्दै आएको छ जसअन्तर्गत नेपालका कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १ सय ४९ पुगेको छ । त्यससँगै मन्त्रालयले सचिवस्तरीय संयन्त्र पनि बनाइरहेको छ ।

आर्थिक कूटनीतिका लागि जोड दिने र हरेकजसो दूतावासमा आर्थिक मामिला हेर्ने अधिकारी थप्ने योजनासमेत मन्त्रालयको छ । त्यसमा दूतावासलाई साँच्चै समावेशी बनाउने हो भने मिलिटरी एटाचे, भिसाका लागि गृहका अधिकारी, आर्थिक मामिला हेर्न अर्थरवाणिज्यका अधिकारी र आन्तरिक लेखा प्रशासनबाट हेर्न आवश्यक छ ।

कूटनीतिक नियोगको प्रशासन कूटनीतिज्ञले हेर्दा भएको समस्यालाई कार्ययोजनाले सम्बोधन गरेको छैन । मन्त्रालयको बेरुजु अत्यन्त धेरै आउने हुनाले यसलाई निर्मूल पार्नेभन्दा पनि कम गर्ने विषयसमेत सुधारमा परेको छ ।

कूटनीतिक आचारसंहिता लागू गर्ने, राहदानी र कन्सुलर सेवा सातै प्रदेशबाट सहज ढंगले उपलब्ध गराउने विषय यसमा रहेका छन् । पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत तथा कूटनीतिक क्षेत्रका अनुभवी व्यक्तित्वको क्षमता र अनुभवबाट राष्ट्रले लाभ लिन सक्ने गरी सल्लाहकार समिति बनाउने विषय पनि कार्ययोजनामा उल्लेख छ । वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र सम्मानित बनाउन सम्बन्धित निकायसँग समन्वय गरिने र त्यसका लागि नेपाली नियोगलाई प्रभावकारी रूपमा परिचालन गर्ने समेत महराले स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय मञ्चमा भूपरिवेष्टित देशको समूहलाई प्रभावकारी बनाउन नेपालले विशेष पहल गर्ने समेत बताए । ‘म रहँदासम्म केही न केही देखिने प्रकारको काम गर्छु,’ उनले भने ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्