बिहेको केक काट्नासाथ रुन थालिन् बेहुली, कारण यस्तो



फिलिपिन्समा हालै भएको एक बिहेको पार्टीबाट पुलिसले त्यो पार्टीको व्यवस्थापन गर्ने वेडिङ प्लानरलाई पक्राउ गरेको छ । ती आरोपी महिलाले करिब ३ लाख रुपैयाँ लिएपछि पनि बिहेमा ठिकसँग व्यवस्थापन गरेकी थिइनन् ।

खास कुरा त के भने त्यहाँ आएको केक समेत थर्माकोलबाट बनेको थियो । बेहुलीले जब केक काटिन् त्यसपछि उनी जोडजोडले रुन थालिन् । रिसाएका पाहुनाहरुले वेडिङ प्लानरविरुद्ध पुलिसमा उजुरी गरिदिए ।

फिलिपिन्सको पासिङ शहरकी शिने तमायो र झोन चेनको विवाह भएको थियो । बिहेपछि उनीहरुले रिसेप्सन पार्टी राखेका थिए । उनीहरुले करिब ३ लाख खर्च गर्दै रिसेप्सन पार्टीको सबै व्यवस्थाको जिम्मा क्रिसा केनेनिया नामकी वेडिङ प्लानरलाई दिएका थिए ।

पहिले निकै खुसी देखिएका यो जोडीको सबै खुसी त्यतिबेला बर्बाद भयो जब उनीहरुले वेडिङ केक काटे । पार्टीमा जुन केक आएको थियो त्यो थर्माकोलले बनेको थियो । बेहुलीले जब केक काटिन् उनलाई झट्का लाग्यो त्यसपछि उनी रुन थालिन् ।

वेडिङ प्लारले त्यहाँ नक्कली केक मात्र होइन खाने व्यवस्था पनि निकै खराब थियो जसका कारण पूरै पैसा दिएर पनि बाहिरबाट खाना मगाउनुपर्यो । आफूसँग भएको धोकाका कारण बेहुली निकै दुखी भइन् । उले आरोपी महिलामाथि पुलिस केस गरिदिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्