भुलेर पनि नखानुस् दहीसँग यी खानेकुरा



गर्मी होस् या जाडो धेरै मानिसको पहिलो रोजाइमा नै पर्छ दही र दहीबाट बनेको परिकार । तर दहीसँग केही चीजहरु सँगै खानु स्वास्थ्यलाई निकै हानीकारक हुने चिकित्सकले बताएका छन् ।

दहीसँग केही चीजहरु खाँदा फाइदा भन्दा बढी नोक्सान हुने बताइएकोछ । किनकी दहीसँग ती चीजहरु खाँदा शरीरमा टक्सिन पैदा हुन्छ । जसले पेटमा गडबडी, वान्ता हुने शरीर चिलाउने जस्ता परिणाम देखिन्छ ।

आयुर्वेधिक एक्सपर्ट गीताञ्जलि शर्माका अनुसार त्यसरी त दही एकदम राम्रो चीज हो । दहीलाई कैक्याल्शियमदेखि लिएर लेटिक एसिडको राम्रो स्रोत मानिन्छ ।

यदि सही तरिकाले खानु भयो भनी यसले तपाईलाई निकै फाइदा गर्छ । पाँचन क्रिया सुधार्नका लागि यो भन्दा राम्रो अर्को कुनै चीजै छैन ।

तर केही चीजका साथ दही खानु भयो भने त्यसको नकारात्मक असर पर्दछ । आउनुस् दहीसँग खान नमिल्ने ती चीजहरुका बारेमा यहाँ जानकारी गराउछौंः.

आँपसँग दही

गर्मीयाममा यी दुई चीज बढी खाइन्छ । तर आँप र दही एकसाथ खानु हुँदैन । यदि आप र दही सँगै खानु भयो भने तपाईको शरीरमा टक्सिन बढी उत्पादन हुन्छ । किनकी यी दुईको असर उल्टो हुन्छ । दहीलाई चिसो र आँपलाई गर्मी मानिन्छ ।

चीजसँग दही


चीजसँग दही खानु हुँदैन । आयुर्वेदमा यी दुईलाई एकै साथ खान मानाही गरिएको छ । दही र चीजसँगै खानले शरीरमा नकारात्मक असर पर्दछ ।

डोसासँग दही
डा शर्माका अनुसार डोसा बनाउन दहीको प्रयोग हुन्छ तर डोसा र दही सँगै खानाले यसले शरीरमा फाइदाको सट्ट नोक्सान गर्दछ ।

केरासँग दही


केरासँग दही खाना पनि स्वास्थ्यको दृष्टिले नराम्रो मानिन्छ । वा मनाही छ । यदि केरा र दही सँगै खानु भयो भने त्यसले तपाईको शरीरमा नकरात्मक असर गर्दछ । यदि खानै पर्ने भयो भने पनि कम्तिमा दुई घण्टापछि खान सकिन्छ ।

मसुरोको दालसँग दही


मसुरोको दालसँग पनि दही खानु हुँदै । मसुरोको दालसँग दही खाएमा यो विष बन्दछ् । त्यसैले यसलाई भुलेर पनि सँगै खानु हुँदैन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्