यी हुन् प्रदर्शनमा प्रतिबन्ध लगाइएका तर हेर्न आवश्यक १० भारतीय चलचित्र



बलिउडमा चलचित्र र विवादको सम्बन्ध पुरानो नै हो । सञ्जय लीला भन्सालीको चलचित्र पद्मावतले चलचित्र क्षेत्रमा तहल्का पिट्यो । विवादपछि चलचित्र ‘ पद्मावत’ रिलज भयो । बलिउडमा पद्मावत जस्तै थुप्रै चलचित्रहरू छन् जो विवादको कारण गर्दा सेन्सर बोर्डले रिलिज गर्न अनुमति दिएको थिएन् साथै कति चलचित्रलाई रिलिज पछि प्रतिबन्ध समेत लगाइएको थियो ।

१ पाँच (२००३) निर्देशक अनुराग कास्यपयको चलचित्र ‘पाँच’ जोशी अभिनरर को सीरियल मर्डर ९१९९७० मा आधारित हो । चलचित्रमा हिंसा, अश्लील भाषा र लागूपदार्थको लत समावेश गरेको कारण सेंसर बोर्डले यस चलचित्र प्रदर्शनमा रोक लगाएको थियो ।

२, फायर (१९९६) अर्को चलचित्र रहेको हो ’फायर’। निर्देशक दीपा मेहता द्वारा निर्मित चलचित्र फायरमा हिन्दु परिवारका दुई बहिनीहरूको लेसबियन सम्बन्धलाई देखाइएको छ । यो चलचित्रलाई लिएर शिवसेना सहित धेरै हिन्दु सङ्गठनहरूले दृढतापूर्वक विरोध गरेका थिए। यहाँ सम्म कि निर्देशक दीपा मेहता र अभिनेत्री शबाना अज्मी र नन्दिता दासलाई मार्ने समेतका धम्की दिएका थिए । सोही कारण अन्त्यमा सेन्सरले चलचित्र रिलिज हुन प्रतिबन्ध लगाएको थियो ।

३, कामसुत्र–अ टेल अफ लभ (१९९६) निर्देशक मिरा नायरको चलचित्र ‘कामसुत्र’मा एक उपन्यासमा आधारित रहेको छ । यो चलचित्रमा धेरैनै खुलापन रहेको कारण प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको थियो । चलचित्रमा १६ औँ शताब्दीको चार प्रेमीहरूको कथा बोल्छ । चलचित्रलाई दर्शकले मन पराए पनि सेन्सर बोर्डले मन पराउन सकेन । सोही कारण सेन्सरले चलचित्रलाई प्रतिबन्ध लगाएको थियो ।

४, परजानिया (२००५) गुररात दङ्गामा आधारित रहेको चलचित्रले निकै आलोचना पाएको थियो । यो चलचित्र २००२ को दङ्गाको समयमा अजहर गायबको जीवनीमा आधारित हो । यस कारण चलचित्रलाई लिएर गुजराती बासिन्दाहरुले विवाद गरेका थिए । धेरै विवाद भए पश्चात् चलचित्र गुजरातमा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको थियो ।

५, ल्याक् फ्राइडे (२००४) लेखक एस हसन जेदीद्धारा लिखित उपन्यासमा आधारित चलचित्र ’ब्ल्याक प्राइडे’ निर्देशक अनुराग कश्यप को दोस्रो चलचित्र हो । जुन सेंसर बोर्ड द्वारा प्रतिबन्धित भएको थियो। यो १९९३ मा बम्बई बम विस्फोटमा आधारित चलचित्र हो । त्यस समयमा बम विस्फोटको मुद्दा अदालत मा जाँदै गर्दा उच्च न्यायनलयले चलचित्र प्रदर्शन गर्न रोकेको थियो ।

६, डेज्ड इन दान (२०१०) दान स्कुल भारतको प्रसिद्ध विद्यालयहरू मध्ये एक हो। दान विद्यालयमा पढ्ने एक युवकको जीवनमा आधारित चलचित्र हो ‘डेज्ड इन दान’ । दान स्कुलको व्यवस्थापनले चलचित्रलाई नरुचाए पछि सेन्सरले प्रदर्शनको लागी अनुपति दिएन । स्कुल व्यवस्थापनले बिध्यालयको छविमा हानी हुने भन्दै मुद्दा हालेको थियो ।

७, सिंस (२००५) २००५ मा प्रदर्शनमा आएको चलचित्र ‘सिंस’ कयौँ कारणले विवादमा आएको चलचित्र हो । चलचित्र केरलाको नाटकमा आधारित रहेको छ । एक महिला र पुरुषबिचको प्रेम सम्बन्ध बारे रहेको चलचिलाई क्याथोलिकहरूले विवाद गरेको थिए । चलचित्रमा नग्न दृश्य भएका कारण सेंसर बोर्ड र क्याथोलिकहरूले विरोध गरेका थिए । त्यसैले चलचित्रलाई सेंसर बोर्डले प्रतिबन्ध लगाएको थियो । तथापि, केही दृश्य हटाएसँगै चलचित्र प्रदर्शन गरिएको थियो ।

८, अनफ्रीडम (२०१५) समलैंगिक जोडीको प्रेम कथामा आधारित चलचित्र ’अनफ्रीडम’ लाई पनि सेंसर बोर्डले प्रदर्शन गर्न रोक लगाएको थियो  चलचित्रमा पनि धेरैै भ्रामक यौन दृश्यहरू भएका कारण चलचित्र रिलिज गर्न अनुमति दिइएको थिएन ।

९, उर्फ प्रोफेसर (२०००) निर्देशक पंकज आडवाणीको चलचित्र ’उर्फ प्रोफेसर’लाई पनि सेंसर बोर्डले प्रदर्शनको लागी रोक लगाएको थियो । चलचित्रमा, अभिनेता मनोज पहवा, अन्टाारा माली र शर्मन जोशी लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ । , नग्न दृश्य र खराब भाषाको कारण, सेंसर बोर्डले चलचित्रलाई प्रदर्शनको स्विकिृती दिएको थिएन् ।

१०, ब्याटिङ क्विन (१९९४) बलिउड निर्देशक शङ्कर कपूरको चलचित्र ‘ब्याडिङ क्विन’ नग्नता र छाडापन धेरै भएको कारण सेन्सरले प्रदर्शनको लागी प्रतिबन्ध गरेको थियो । चलचित्रको कथा रानी फुलन देवीको वास्तविक जीवनमा आधारित रहेको थियो । जसमा सेन्सरले यौन सामाग्री , नग्नता र अपमानजनक भाषाको विरोध गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्