सुदूरपश्चिमको महेन्द्रनगरमा पहिलो पटक ‘माघी विशेष सांस्कृतिक कार्यक्रम–२०७५’ हुने भएको छ । यही पुष ३० र माघ १ गतेका दिन सुदूरपश्चिमको महेन्द्रगरमा रहेको लिटिल ऐकेडेमी स्कुलको प्राङ्गण, भाषी (क्रिकेट ऐकेडेमी)मा हुन गइरहेको सांस्कृतिक कार्यक्रमको आयोजना ब्राण्डरुट इन्टरटेनमेन्ट प्रा.लि.ले गरेको हो ।
संस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थिति रहने छ । चर्चित गायक टंक बुढाथोकी, मिस्टर आरजे ‘मन विनाको धन ठूलो कि धन विनाको मन’ बोलको गीत गाउने बाल गायक अशोक दर्जी र ए.आर बुढाथोकीको उपस्थितिलाई कार्यक्रममा महत्वका साथ हेरिएको छ ।
त्यस्तै अन्य कलाकारहरु लाल ब. धामी (अछामी बड्डो), बिन शाक्य, नवराज कलौनी र नविन सिंह धामीको पनि उपस्थिति रहने आयोजकले जनाएको छ । कार्यक्रममा विहान १० बजे देखि साँझ ६ बजेसम्म विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु राखिएको आयोजकले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।